Posted by: _____ July 16, 2013
शिक्षकले बिद्यार्थीलाई चोर्न लगाए !
Login in to Rate this Post:     0       ?        
 

शिक्षकले बिद्यार्थीलाई चोर्न लगाए !

 
(0 Votes)
 
 
 
 
Chori
 
 

गौंर, श्रावण १ - एकजना शिक्षकले गाउँबाट विद्यार्थी ल्याएर सदरमुकाम गौरमा चोरी गर्न लगाउने गरेको रहस्य खुलेको छ ।

सदरमुकाम गौरमा केही दिनदेखि चोरीका घटना बढेपछि प्रहरीले गरेको अनुसन्धानमा प्रभात बोडिङ स्कुलका एक शिक्षकले विद्यार्थीलाई चोर्न लगाएको प्रमाणसहित पक्राउ गरेको खुलासा भएको छ ।

जिल्ला प्रहरी कार्यालय रौतहटले विशेष सुराकीका आधारमा सदरमुकाम गौरमा श्रृखलाबद्ध चोरी, डकैतीमा संलग्नलाई पक्राउ गरेको हो ।

चोरी भएका समानसहित उनीहरुलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी निरीक्षक विजयराज पण्डितले बताए ।

गौर नगरपालिकाभित्रका विभिन्न पसलमा श्रृखलाबद्ध रुपमा चोरी गर्ने प्रतापपुर पल्टुवा–७ बस्ने भोगाराय यादवको १८ वर्षीय छोरा सन्दिपकुमार यादव, श्रीराय यादवको १८ वर्षीय छोरा, रमेश राय यादव र गौर नगरपालिका ११ सिसवा बस्ने कमल राय यादवको २७ वर्षीय छोरा मनोज यादवलाई चोरी गरेको समानसहित पक्राउ गरेपछि सो रहस्य खुलेको प्रहरी उपरीक्षक गोविन्दराम परियारले बताए । रासस

प्रकाशित मिति: २०७० श्रावण १ ०८:२१

- See more at: http://www.ekantipur.com/np/2070/4/1/full-story/372219.html#sthash.CChJfZwx.dpuf
Read Full Discussion Thread for this article