Posted by: ashishme July 15, 2013
जहाजका लागि एयरबसलाई डेढ अर्ब भुक्तानी
Login in to Rate this Post:     0       ?        


MAOISTS ROCK !!


जहाजका लागि एयरबसलाई डेढ अर्ब भुक्तानी

१ साउन, काठमाण्डौ । राष्ट्रिय ध्वजाबाहक नेपाल बायुसेवा निगमले युरोपेली जहाज निर्माता कम्पनी एयरबसलाई डेढ अर्ब रुपैयाँ भुक्तानी गरेको छ ।

एयरबसका दुईवटा सानो आकारका जहाज किन्ने सम्झौता गरेको निगमले पहिलो किस्तास्वरुप सोमबार रकम पठाएको हो । खरिद सम्झौता भएको एक सातामै पहिलो किस्ता रकम पठाउनुपर्ने भएपनि राष्ट्र बैंकले डलर सटही सुबिधा नदिएका कारण दुई साता ढिला हुन पुगेको हो ।

airbusA320

‘पहिलो किस्तास्वरुप एक करोड ४७ लाख डलर पठायौं’ निगमका फाइनान्स डाइरेक्टर केशवराज शर्माले भन्नुभयो-’पहिलो किस्तासँगै अब एयरबसले निगमका लागि जहाज बनाउन सुरु गर्ने छ ।’ शर्माका अनुसार आगामी साउन १७ मा दोस्रो किस्ता र असोज १५ मा तेस्रो किस्ता रकम एयरबसलाई पठाइने छ ।

निगम र एयरवसवीच ए ३२०-२०० मोडलका दुईवटा जहाज खरिदका लागि असार १३ गते सम्झौता भएको थियो । जहाज ढुवानीअघि निगमले कुल रकमको २२ प्रतिशत भुक्तानी गर्नुपर्ने छ । सम्झौताअनुसार एउटा जहाजका लागि निगमले ७ अर्ब १२ करोड ५० लाख रुपैयाँ तिर्नुपर्ने छ । एयरबसले २०७१ साल फागुनमा पहिलो र त्यसको दुई महिनापछि दोस्रो निगमलाई दिने छ ।

Read Full Discussion Thread for this article