Posted by: ThahaChaena July 15, 2013
बा तिम्रो छोरो अम्रिका मा ड्राइभर भो
Login in to Rate this Post:     1       ?         Liked by
 अम्रिकेन साथी,धेरैपछि आउनु भो तर मिठो प्रस्तुति लिएर त्यसको धन्यबाद....अरु पनि ल्याम्दै गरम न साथी ..

एउटा सानो फुर्यो....... हजुरको कविता पढ्दा पढ्दै ....येही जोडें है ...अन्यथा नलिनुस नि ....

म सपनाको शहरमा सबलाइ डोहोर्याउने बिपनाको एउटा डाइबर 
म भावनामा आफुलाई बिलिन गराउने भावशुन्य एउटा डाइबर 
म भोलिको लागि आजलाई घिच्याउने आशाको एउटा डाइबर 
बा , तिम्रो अपुरो कल्पनालाइ बास्तबिकतासंग जोड्न खोज्दै यो तिम्रो छोरो एउटा डाइबर .....
 
अबिश्वासको पाराकाश्टा छिचोलेर उज्यालो पच्छाउन खोज्दै एउटा डाइबर 
तिम्रा नीति अर्ति उपदेश निचोरेर  समाजमा तैरिन खोज्दै एउटा डाइबर 
पुरातन रित औ ओइलाएका सोंच बदल्न खोज्दै एउटा डाइबर 
बा, म तिम्रो छोरा आज एक कोशिसरत नवासिखिया डाइबर ,
बास एउटा साधारण नेपाली डाइबर ||
 
- थाहाछैन (थाने ) 
Read Full Discussion Thread for this article