Posted by: ashishme July 14, 2013
र्वमन्त्रीसँग साझा बसको यात्रा
Login in to Rate this Post:     0       ?        

३० असार, काठमाडौं । शनिबार अपरान्ह झण्डै ५ बजेको समय । केहीबेरअघि दर्केको पानी बिस्तारै कम हुँदै थियो । दिनभर आआफ्ना कामधन्दाले शहरका ठाउँठाउँमा पुगेकाहरु घर र्फकन सार्वजनिक गाडी कुर्दै थिए । जमलको बसस्टपमा पनि गाडी पर्खनेहरुको उत्तिकै घुईंचो थियो । नयाँ बसपार्कबाट महाराजगंज, लाजिम्पाट, लैनचौर, कमलादी हुँदै लगनखेलतर्फ गुडिरहेको साझाबस जमलमा रोकियो । पहिल्यै ठेलम्ठेल रहेको बसमा त्यहाँ पनि उसैगरी यात्रु थपिए । त्यही हूलमा एक परिचित अनुहार पनि देख्दा केही यात्रुलाई नौलो लाग्यो ।

janardhan-1

राष्ट्रिय नाचघरको एउटा कार्यक्रममा पुगेका पूर्वमन्त्री एवं एकीकृत नेकपा माओवादीका नेता जनार्दन शर्मा प्रभाकर सहयोगी र सुरक्षागार्डसँगै बसमा चढ्नुभयो । चिनेका एक दुईजनाले उहाँलाई सिट छोडिदिए । तर उहाँ बस्न मान्नुभएन । माथि समातेर उभिनुभयो । केहीले पूर्वमन्त्री र माओवादीका नेता भनेर चिनेपनि धेरै यात्रुले उहाँलाई चिनेनन् ।

janardhan-2

जहाजमा भएको भए विमान परिचारिकाले ‘पूर्वमन्त्रीलाई स्वागत छ’ भन्थिन् । तर साझा बसका चालक र सहचालकले उहाँलाई चिन्दै चिनेनन् । चिनेको भए दंग मात्र पर्थे होला, स्वागत गर्नु त परको कुरा । अरु यात्रुलाई जस्तै साझा बसकी महिला सहचालकले पछाडि उभिएका पूर्वमन्त्री शर्मालाई पनि ‘ए दाइ लौन, अलि अघि अघि सर्नुस्, अगाडि यत्रो खाली छ’ भनिन् । सहचालकले भनेजस्तै उहाँ पनि माथि समाउँदै अघि सर्नुभयो ।

janardhan-3

साझा बस चढेका पूर्वमन्त्री शर्मा जावलाखेल ओर्लनुथियो । उहाँले आफ्नो, सहयोगी र सुरक्षागार्डको भाडा समेत आफैंले तिर्नुभयो । सिंहदबार कटेपछि शर्मा उभिएको नजिकै सिटमा बसेका मान्छे बसबाट झरे । त्यसपछि भने उहाँले बस्न पाउनुभयो ।

janardhan-4

पूर्वमन्त्री शर्मा यसरी साझा बसको फराकिलो सिटमा बस्दा संविधानसभा भवनमा सभासद खचाखच बसेको जस्तो दृश्य लाग्थ्यो । एकछिन सिटमा बसेपछि जावलाखेल आइपुगियो । पूर्वमन्त्री शर्मा त्यहाँ ओर्लनुभयो र हिँडेरै निवासतिर लाग्नुभयो ।

janardhan-5

पूर्वमन्त्रीमध्ये कमैले मात्र यसरी सार्वजनिक गाडीमा यात्रा गर्छन् । धेरैका आआफ्नै निजी गाडी छन् । ‘मेरो गाडी बिगि्रयो, त्यसैले बस चढ्नुपरेको’ शर्माले अनलाइनखबरसित भन्नुभयो-’बिहान आउँदा टेम्पो चढेको थिएँ, अहिले साझा बस भेटियो ।’ यात्राको क्रममा भएको छोटो कुराकानीमा उहाँले सार्वजनिक यात्रालाई अझै व्यवस्थित बनाउनुपर्नेमा जोड दिनुभयो । ‘अब बाटो फराकिलो भएपनि जामको समस्या त कम होला, तर अरु धेरै सुधार हुनुपर्ने खाँचो छ’ उहाँले भन्नुभयो । उहाँको कुरा सुनिरहेका एउटा यात्रु भन्दैथिए-’उहाँलाई यसरी बसमा चढेको देख्न पाउँदा खुशी लाग्यो, अब केही हुन्छ कि ।’

Read Full Discussion Thread for this article