Posted by: ashishme July 13, 2013
सुशीलको स्कर्टिङमा ‘डन’
Login in to Rate this Post:     0       ?        

सुशीलको स्कर्टिङमा ‘डन’

a

३० असार, काठमाण्डौ । अमेरिका उपचार गराएर दुईसातापछि काँग्रेस सभापति सुशील कोइराला शनिवार स्वदेश फर्किए । तर प्रहरीले गन्डागर्दीको सूचीमा राखेका ब्यक्तिले प्रहरीकै अघिअघि स्कर्टिङ गरेर अन्तर्राष्ट्रिय विमानस्थलदेखि महाराजगञ्ज पुर्‍याएका छन् । कोइरालालाई स्वागत गर्न विमानस्थलमा जानेको ठूलै भीड थियो । भीड नियन्त्रण गर्न प्रहरीलाई निकै हम्मे हम्मे परेको थियो । भीड नियन्त्रण गर्ने क्रममा विमानस्थल प्रहरी प्रमुख डिआइजी गोपाल भण्डारीको कपडा नै च्यातिएको छ ।

कोइरालालाई स्वागत गर्न पुगेका करिव दुई सय काँग्रेस कार्यकर्तामध्ये अधिकांश प्रहरीले गुन्डागर्दीको सूचीमा राखेका व्यक्ति थिए । डन रोज राणा, सञ्जीव स्याल लगायतका आफ्नो ठूलै समूह लिएर विमानस्थल पुगेका थिए । राणा काँग्रेसनिकट डन मानिन्छन् । त्यस्तै सञ्जीव लामा भनिने स्याल काभ्रे तरुण दलका नेता हुन । आजको नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

स्याल पक्राउ पर्दा डेढ महिनाअघि उनका समर्थकले काभ्रे नै बन्द गराएका थिए । राणा, स्यालमात्र नभनएर कोइराला निकट ‘टोले’ डनको समूह पनि विमानस्थलमा पुगेको थियो ।

Read Full Discussion Thread for this article