Posted by: _____ July 10, 2013
केसीले भने-दार्चुला बगाउँदा कोही गएनन्, खुर्सिद आउँदा लाम लागेर गए
Login in to Rate this Post:     1       ?         Liked by
 

केसीले भने-दार्चुला बगाउँदा कोही गएनन्, खुर्सिद आउँदा लाम लागेर गए

 


२६ असार, काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले चाकडी र दलाली गरेर आफ्नो भविष्य सुरक्षित हुन्छ भन्ने मान्यताले लाइन लागेर भारतीय विदेशमन्त्रीलाई भेटन गएको बताउनु भएको छ । नेताहरु कुटनीतिक मर्यादा भुल्दा नेपालीको शिर निहुरिएको उहाँको भनार्इ छ ।

chitra-bdr-kcबुधबार राजधानीमा भएको कार्यक्रममा केसीले प्रश्न गर्नुभयो-’सबै कुरा भारतले गर्ने भए हामिले नेपाली जनतालाई हामी गर्छौं भनेर किन झुक्याउने ? हाम्रो यस्तै आत्मसमर्पणबादको कारण मुलुकको राष्ट्रियता दिन प्रतिदिन कमजोर बन्दै गईरहेको छ ।’ केसीले थप्नुभयो-’दार्चुला बाढीले बगाउँदा कोही गएनन तर, भारतीय विदेशमन्त्री सलमान खुर्सिद आउँदा सबै लाम लागेर गए ।’

चार दलले गोलमेच सम्मेलन र समानुपातिक बढाउने निर्णय गरेको र छिमेकी चिन र भारतले पनि निर्वाचन गराउन सल्लाह दिएकोले मंसिरमा निर्वाचन हुने उहाँको दावी थियो । राष्ट्रिय जनमोर्चाका अध्यक्ष केसीले चुनाव गराउन नदिएर बैद्य समूहको जित कुनै पनि हालतमा नहुने बताउनु भयो । निर्वाचनको सुनिश्चितताका लागि सघन वार्ता गरेर पुरा गर्न सकिने असन्तुष्ठहरुको माग पुरा गर्नु पर्ने उहाँले बताउनु भयो ।

 
Read Full Discussion Thread for this article