Posted by: magorkhe1 July 9, 2013
समरे जार पो भएछ ?
Login in to Rate this Post:     0       ?        
आफनै श्रीमतीलाई श्रीमती भन्न् नपाउने  : जार पो भएछ |

आफु बसेको गाबिस मा बुझ्दा त आर्को त्रितालले उस्को श्रीमती सँग आफ्नो बिहे भएको प्रमाण लीइ सकेछ| अब उलटो मुद्दा हाल्नु पर्ने भो भने श्रीमती लैजान पाउने आसा बिलय भयो |गाबिसले भन्छ : एस्को लागि न्यायालय बाट खारेज भए पछी मात्र नयाँ बिहाह दर्ता गर्न मिल्छ, हुन पनि हो एउटै ब्यक्तीको दुई वटा बैबाहिक प्रमाण पत्र दिन लाई एउटा पापारचुके पत्र लिएर आए  विवाह भएको साक्षी बसे पछी मात्रा पाईन्छ |

एउटा मध्यस्तकार्ता दिउसै दियो बालेर आए जस्तो गर्यो : श्रीमतीको नाममा भएको घरजग्गा पूर्व  पतिको नाम मा सारीदिए पछी पापार्चुके गरी दिने रे ? नत्र उ टस मस पनि हुँदैन रे ?

समर बहादुर अब आँफै घरमा पनि छिर्न नपाउने भयो माया पिरतिका कुरा परै जाऊन , अब त करनी मुद्दा पनि लाग्ला भन्ने डर भयो ! जाबो त्यो विवाहको प्रमाणपत्र नलिएकोमा आँफैलाई सराप्तै थियो : सराप्नु पर्ने मान्छे त त्यो नक्कली काग्जात बनाएर अरुको श्रीमतीलाई आफ्नो देखाउने लाई पो गर्नु पर्ने हैन र? आफ्ना गाउका सन्सदका ड्युटी फ्री को रेडलेबल बोकेर जान्छ | कुरा सुने पछी उन्का कुरा पनि घुस खाएका न्यायाधिस भन्दा केही कमी देखिदैन | के गर्छस समरे श्रीमती तेरै भए पनि कानुनन रुपमा तेरी श्रीमती तेरी हैन त त झट्कारो पो भाईस | कानुन तेरो पक्षमा भन्दा उस्कै पक्षमा देखिन्छ | मेरो सल्लाह मान्छस भने मिलापत्र गर्दा नै बेस देख्छु | मुद्दा मामिला बिसौ बर्षमा पनि फैसला हुँदैन, सुन्छु ४० बर्ष अघिको मुद्दा अझै न्यायलयमा छ् रे ? बिचरो !

मुद्दा मामला टाठा बाठाको लागि हो :समर बहादुर जस्तालाई काउसो भिराइ हो एक महिनाको बिदामा आएको छ:मुद्दा मामिला गरेर समाया खेर फ्याल्ने बाहेक केही हैन | त्यो कान्छी रानाको नौलो श्रीमानले गाबिस देखी न्यायालय सम्मका मानिस् उस्का मतियार बनाएको छ: लाहुर बाट ल्याएको हरियो नोटले पनि काम गरदैन: गौडा गौडामा छेकावर् थापेको छ | उस्को ईसारा बिना कगजात एक इन्च पनि सर्दैन | मेरै कुरा गरौन : २ बर्ष भयो स्थानिय निकायमा निबेदन भरेको आज सम्म निबेदनमा तोक पनि लागेको छैन रे ?
सानो छदा सुनेको कथा जस्तै लाग्यो यो : बाजेबजै धर्म गर्न हिन्दूस्थान जान्थे| ट्रैनमा मलमुत्र जस्तो प्रदार्थ लुगामा लगाइ दिएर बगली मार्थे रे |यहा कानुनी अड्को लगाईदिए पछी त्वम शरणम बाहेक अर्को उपायनै छैन : त्यो पनि सुनको अण्डा पार्ने कुखुरो फेला पारे पछी |
फत फताइ रहेको छ समर बहादुर : बाउको बिहे देखाइ दिन्छु भन्थे त्यो भन्दा पनि ठुलो कुरा आफ्नै मलामी गएर आए जस्तो भा छ | मनमा उठेको राको मथ्थर् पार्न किनेको तीन पानेको बोतल आधा रित्तिएको छ | के सम्झन्छ अनी जुरुक्क उठेर कोठा बाट शाही सेनामा दसौ बर्स भिरेको सिरु पाते ल्याएर साध लगाउन थालछ | समर बहादुर रक्सी पिउने भन्दा धार लगाउनमै बडी तल्लिन देखिन्छ | बेला बेलामा हातमा थुक्छ अनी नारिमा दलेर धार काती लाग्ने भो भनी बेला बेलामा जाची राखेको छ | अहिले अलिक शान्त भएको छ अनी अनुहारमा नयाँ चमक मात्र हैन अठोट  देखिन्छ | कान्छी कुनामा बसी सबै कृयाकलाप हेरी बसेकी छ , केही बोल्न सक्दिन  अनर्थ हुने हो कि भनी डराएकी छ | समर बहादुर एकोहोरो धार लगाइ रहेको छ अनी बेला बेलामा हातमा थुक्दै नारिमा दली धार जाची रहन्छ उता कान्छी भने बिहान् कहिलै नहोस् भनी भगवान सँग कामना गरी बसेकी छ |
 
Last edited: 10-Jul-13 09:49 AM
Read Full Discussion Thread for this article