Posted by: Geology Tiger July 4, 2013
Nine Nepalese Kansas State Students Indicted For Visa Fraud
Login in to Rate this Post:     1       ?         Liked by
ल ठीक छ यी नेपालीहरुबाट केही गल्ती भयो... तर धेरै नेपालीहरुले यस्तो गरेका छन् । धेरैले यसो गरेका छन् भनेर यिनिहरुले गरेको गरेको कार्य ठीक हो भन्ने प्रमाणित गर्न खोजेको होइन मैले । तर के स्कूललाई बुझाउनु पर्ने बैंकको कागजमा यति समय देखि बैक खातामा पैसा भइरहेको हुनुपर्ने अथवा बैकको कागज बुझाएको यति समय पछिसम्म पनि यो रकम खातामै भइरहनुपर्छ भन्ने त्यस्तो केही व्यवस्था छ ?

त्यस्तो व्यवस्था होस् अथवा नहोस् तर यिनिहरुले पाउनसक्ने सजाय चाहिने भन्दा बढी देखिन्छ । अब हरेक कुरामा तर्क बितर्क गर्ने र सुक्ष्म बिष्लेषण गर्ने भन्दा पनि यी नेपालीहरुको सजायलाई कसरी कम गर्न सकिन्छ भन्ने बिषयमा कुरा गरु ।

साझामा दिनहुँ जसो यलाई सम्मान गरियो र त्यसलाई सम्मान गरियो भनेर टास्ने महोदय जि अब भने तपाईंको संस्थाको साँचो सहयोग केही नेपालीहरुलाई चाहिएको छ । तपाईंहरु अगाडि उभिनुभयो भने म लगायत अरु थुप्रै नेपालीले सकेको सहयोग गर्ने नै छन् ।  
Read Full Discussion Thread for this article