Posted by: _____ July 1, 2013
अख्तियारद्वारा २ सय कर्मचारीको बैंक लकर रोक्का (नामसहित)
Login in to Rate this Post:     0       ?        
 

तीन किलो सुन दिएर अपहरणमुक्त हुने डा. भक्तमान पनि अख्तियार छानबिनमा

 

drbhaktamanshresthaतपाईँहरुलाई याद होला तीन वर्ष अघिको त्यो कान्ड- चितवनको वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका अध्यक्ष डा.भक्तमान श्रेष्ठको अपहरण। केही मिडियाले माओवादीले अपहरण गरेको दावी गरे पनि खासमा अपराधीहरुले फिरौतिका लागि अपहरण गरेको खुलेको थियो। परिवारले साढे तीन किलो सुन दिएपछि उनी अपहरणमुक्त भएको प्रहरीको अनुसन्धान टोलीले खुलासा गरेको थियो।

उनै भक्तमान अहिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अकुत सम्पति छानबिनको दायरामा परेका छन्। अख्तियारले छानबिन गर्दै गरेको थप २४ जनाको लिस्ट आज मिडियामा लिक भएको छ। उनीहरुको पनि छानबिन अवधिमा बैँक लकर र सम्पति रोक्का गरिने भएको छ। नयाँ सूचिमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका उपसचिवदेखि त्रिभुवन विश्वविद्यालयका उपकुलपति र टिचिङ अस्पतालका प्राध्यापक अरुण सायमिसम्म रहेका छन्।

को- को छन् सूचिमा ?

  • नापतौल तथा गुणस्तर विभागका महानिर्देशक रामआधार साह
  • त्रिभुवन विमानस्थलका भन्सार कार्यालयका उपसचिव सुदीप शाह
  • त्रिभुवन विश्वविद्यालयका उपकुलपति हीराबहादुर महर्जन
  • पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति महेश्वरमान श्रेष्ठ
  • पीयुका पूर्व उपकुलपति रामअवतार यादव
  • पियुका रजिस्ट्रार निरोज पान्डे
  • पियुका पूर्व रजिस्ट्रार राजकुमार ठाकुर
  • औषधि व्यवस्था विभागका महानिर्देशक राधारमणप्रसाद सिंह
  • सोही विभागकी निरीक्षण शाखा प्रमुख विजयलक्ष्मी श्रेष्ठ
  • स्वास्थ्य सेवा विभाग, आपूर्ति व्यवस्था महाशाखा प्रमुख नरेशप्रताप केसी
  • नेपाल मेडिकल काउन्सिलकी संयोजक शशि शर्मा
  • टियु टिचिङ अस्पताल प्राध्यापक अरुण सायमि
  • टियु टिचिङ अस्पताल एनोटोमी विभागका रतिन्द्र श्रेष्ठ, रामप्रसाद उप्रेती
  • सहायक डिन शरदराज वन्त, विमल सिन्हा
  • बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका अध्यक्ष भक्तमान श्रेष्ठ
  • कृषि सामग्री कम्पनी महाप्रबन्धक अम्बरराज खयर
  • शिक्षा मन्त्रालय, उच्चस्तरीय अनुगमन समितिका सदस्यसचिव सूर्य गौतम
  • उच्च माध्यमिक शिक्षा परिषद्का उपाध्यक्ष हेमकुमार मिश्र
  • सदस्य सचिव भीमलाल गुरुङ
  • उदयपुर सिमेन्टका महाप्रबन्धक सुरेन्द्र चौरसिया
  • उद्योग विभाग सुविधा शाखाका उपसचिव रामशरण चिमौरिया
  • नापतौल तथा गुणस्तर कार्यालय पर्साका प्रमुख श्रीपति झा

स्रोतः अन्नपूर्ण पोस्ट

अहिलेलाई उनीहरुको सम्पति छानबिनका लागि अनुसन्धानको दायरामा मात्र आएका हुन्। उनीहरुले १५ दिनभित्र व्यक्तिगत सम्पति विवरण फाराम भर्नेछन्। अनुसन्धानको क्रममा स्रोत नखुलेको सम्पति फेला परे अख्तियारले अनुसन्धान सकाएपछि बल्ल विशेष अदालतमा मुद्दा दायर गर्नेछ। विशेष अदालतको फैसला चित्त नबुझे सर्वोच्च अदालतमा जानेछ। त्यहाँबाट फैसला भएपछि बल्ल मुद्दा किनारा लाग्नेछ। यो सब कामका लागि अझै धेरै वर्ष लाग्नेछ।

Read Full Discussion Thread for this article