Posted by: magorkhe1 June 28, 2013
अमेरिकामा रहेका नेपाली संस्थाहरुको औचित्य के हो ?
Login in to Rate this Post:     0       ?        
औचित्यकै कुरामा सुनेका केहि गन्थन :
स्कुल पनि गईयो , कलेज पनि धाइयो , तिन्तिघ्रे त छदै छु | घर जम गर्ने बिचार पनि आएको हैन, बिहे गर्ने रहर पनि जागेको हैन, बिहे केटा केटि जवान भए पछि गर्छन, ऐरे गैरे  नथ्थु खैरेले पनि घर जोडी बाधिए | एता गयो उता गयो सबै युगल जोडी | त्यो महमद को घरमा हिड्न जान्ने हुँदा गएको घर परिवार जस्तो : अबत ए सलिम आया है भन्ने सुनिन थाले पछि बुर्का तान्न थाले झैँ | ताल न बेताल बेला न कुबेला न रहरले न चाहनाले फगत देखाशिखिले बाधिएको यो गधा पच्चिसेको कथा झैँ हो यो | २ / ४ जना लाउके नेपालि के भेला भएका थिए कुरै कुरामा लौ खोलौ नेपालीको नाममा एउटा संस्था : बन्नु थियो सभापति कोसाधक्ष्य आदि इत्याती | कुरै कुराको मा खोलेको संगठन एउटा राजनीति गर्ने थलो थियो | यो उद्देस्य बिहिन भएको छैन -जुन अबस्थामा खोलिएको थियो त्यो भन्दा माथि उठ्न नसकेको मात्रै हो | त्यो सभापति हुने महानुभाब लाइ पनि था हा छैन होला वहा सभापति हुनु भएको औचित्य , यो तेही गधा पच्चिसिले रचाएको बिबाह बन्धन जस्तो !
Read Full Discussion Thread for this article