Posted by: nepalilaure June 28, 2013
अख्तियारद्वारा २ सय कर्मचारीको बैंक लकर रोक्का (नामसहित)
Login in to Rate this Post:     0       ?        
गोर्खे मित्रले ठिक भन्नु भो |
अनि onlinekhabar मै एउटा कमेन्ट रैछ, मन पर्यो :
""नामाबली पढदा केबल एक दुइ ठुला कर्मचारी अनी राजनितिक पहुच नभयका सानातिना कर्मचारी मात्र को सूचि पढे आफनै अगाडी दैनिक जसो एक बोरा दुई बोरा घुष खानेहरु अनि यो राज्य कोष लुटेर कमाएको अथाह सम्पति देशमा न अटेर बिदेशमा लगेर राख्ने नेता रुपि देशका डाकाहरुको नाम खोइ त लिष्टमा ? अनि अकुत सम्पतिका मालिक चण्ड,मुण्ड,धुम्रलोचन,सुम्भ,निसुम्भ आदिको सूचि कहिले आउछ ?के लोक मान जी अर्को लोक गयपछी ???????""

हुनपनि अलि अलि प्रचार गर्न एस्तो गरे जस्तो लाग्यो | अनि सारा लोक मान को नियुक्तिको सबै तिर बिरोध हुदा 'अन्नपुर्ण पोस्ट ' ले समर्थन गरेको थियो , अहिलेपनि यो लिस्ट अन्नपुर्ण पोस्टले नै प्रकासित गरेको हो | येदि राम्ररी अनुसन्धान गर्ने हो भने एस्तो हल्ला खल्ला गर्ने पर्दैन नि , अनुसन्धान पूर्ण भएपछि बिसेषमा मुद्दा लैजादा नै नाम प्रकासित गरे भै हाल्छ नि |

नेताहरु एक जनाको पनि नाम छैन , अनि सिचाई, सडक , भौतिक योजना तिरका इन्जिनियरसाबहरु पनि कोहि छैन | "कारोबार daily " भन्ने पत्रिकाले पनि यसै बिसयाको समाचारमा 'उजुरीहरुको आधारमा बैक खाता/लकर रोक्का गर्न राष्ट्र बैकमा नाम पठाएको' भनेको छ | येदि तेस्तै हो भने, खाली  'प्रारम्भिक उजुरी' को आधारका गरेको अनुसन्धानको पहिलो step लाइ येसरी प्रचार गर्नु राम्रो काम होइन |
Read Full Discussion Thread for this article