Posted by: Geology Tiger June 28, 2013
अमेरिकामा रहेका नेपाली संस्थाहरुको औचित्य के हो ?
Login in to Rate this Post:     0       ?        
म कान्छुको कुरासँग सहमत छु कि हामी नचाहिने ठाउँमा अमेरिकी सिको गर्छु, तर अमेरिकामा नेपालीलाई स्थापित गराउने कुरामा पछि पर्छौ । हुन त फेसबुकले भनेको जस्तै अमेरिकामा पनि हाम्रो पहिचान नेपालीमा मात्र सिमित नरहेर विभिन्न जाती र समुदायमा बाडिसकियो तर मलाई चाँही नेपाली बोल्ने सबै नेपाली हुन भन्ने लाग्छ । अस्ति एक जना मित्रले सुनाउदै हुनुहुन्थ्यो अमेरिकामा आएका भुटानीहरुलाई अमेरिकामा स्थापित गराउने सबै कामको जिम्मा इथोपियाको एउटा सामाजिक संस्थाले गर्छ रे । भुटानीहरुलाई कसैले नेपाली मान्लान् अथवा नमान्लान् त्यो आफ्नै ठाउँमा छ तर पनि यदी उनीहरुलाई व्यवस्थापन गराउने कार्य गर्न सकिएको भए हाम्रो संस्थानै बलियो हुन्थे, हाम्रै मान्छेहरुले रोजगार पाउथे । हामी किन नाचगान बजानलाई मात्र प्राथमिकता दिरहेका छौ ?
Read Full Discussion Thread for this article