Posted by: kanchu! June 27, 2013
अमेरिकामा रहेका नेपाली संस्थाहरुको औचित्य के हो ?
Login in to Rate this Post:     1       ?         Liked by
GT ब्रो, मेरो पनि मनमा पटक पटक येही कुरा खेल्थियो म आएको केहि वर्ष सम्म. तर पछि मैंले ए न ए सम्मेलनमा जाने र नजाने, त्येसको औचित्य, त्येसले नेपाली वा अमेरिकी समाजलाइ पुर्याएको योगदानको बारेमा धेरै बिस्लेष्ण गर्न छोड दिएँ. साथी भाइको माज बहस गर्दा " This is free country, let them do whatever they want" " त कैले " च्वांक केटि भेट्न जाने पाए.....गर्ने" जस्ता बिचारले त्येस्तो बहसलाइ अर्कै तिर लग्दथियो. अचम्म आज अमेरिकामा जाति जाति का अनेक संस्था छ र त्येसको सामाजी अस्तितवो सुन्य प्राय छ. त्येस्ता संस्थाले थोर बहुत आफ्नो संस्कृतिक कार्यक्रम गरेपनि बृहत्तर रुपमा " हामी नेपाली हौ" भन्ने साझा पहिचान बनाउन असफल छन्. भारतीयहरु पनि विविन्न जात जति छन्, तर कन्नड इन्डियन, पंजावी इन्डियन भनेर भन्दा नि " हामी इन्डियन" भनेर चिनौना धेरै हदसम्म सफल छन्. येस्मा कसैले उनीहरुको संख्या धेरै भएकोले भन्छन तर संख्या भन्दा नि उनीहरुको " हामी" भन्ने भावनाले भारतीय हरुको अमेरिकामा राम्रो प्रबाब बन्न सफल भएका छन्. समग्रमा नेपाली हरुलाई नेपाली को पहिचान र संस्कृति भन्दा " अमेरिकन" कसरि बन्ने भन्ने कुराले बुढा देखि युवा सम्मलाई प्रभावित परेको छ. र नेपालीहरु जाने नि नजानेनि " Fake Accent" निकल्चन र इन्डियन हरुलाई गिज्यौचन, जबकि त्यो कुरा नित्तान्त गौण कुरा हो, कसैलाई उग्रता र उत्च्रिकलता केटा होस् या केटि प्रदर्शन गर्दा आधुनीक अमेरिकन जस्तो भाहिंछ भन्ने लाग्छ. खोइ आफ्ना सन्तानले नेपालीबोल्न सिकाय भोलि आफु जस्तै अंग्रेजी बोल्न नसक्ने पो हो कि भन्ने संकाले ग्रसित छन्? येस्ता धेरै नादनी र हिनताबोधले ग्रषित छ नेपाली मानिसकता त्येस्तो अवस्थामा येस्तै नेपालीले बनेको संस्थाले ठोस रुपमा नेपालीलै चिनाउन कतै ठुलो योगदान गरे जस्तो लाग्दैन. यो भन्दा बढीत राम्रो बिस्वोबिद्यलाय्मा सोध गरिरहेका, अन्तरास्ट्रिय सम्मेलनमा भागलिने धेरै नेपाली ले नेपाल को पहिचान र नेपालको सिर ठाडो हुने थोरै भएनी उत्क्रिस्ता योगदान गरेका छन्  नेपाली संस्कृतिक र सामाजिक उत्थानमा.
कर्ण सक्या ले Twit गर्नु भएको रहेछ डि वि परेर आउने को अमेरिका मा बिजोग देख्नु भएछ. तर डि वि परेर आउने लाइ अमेरिका को कानुनी पाटो, आर्थिक पाटो, स्वास्था र बिमा, अमेरिकाको सिक्च्या बारेमा कैले पनि चार कुरा बोलेको देखिन्न कुनै पनि नेपाली संस्थाले. एता बिद्यार्थी भएर एकले उल्टो डि वि परेर आएका लाइ हेप्ने र डि वि परेकाहरु हिनताबोध र कम आत्माबिस्वासका कारण आफ्नै सानो संसार बनाउने र त्येसैमा रमाउने गरेकोले आर्थिक रुपले र सामझिक, संस्कृतिक  रुपले नेपालीहरु समग्रमा आजसम्म जति प्रगति गर्नु पर्ने थियो त्यो हुन सकेको छैन. दोष नेपाली को संस्थाको मात्र होइन हरेक नेपाली को छ. नेपाल स्वोयम अझ फुटी फुटी बिस्वो मानचित्रमा आफ्नो पुरानो स्थापति प्रभाव पूर्ण रुपमा स्खलित गरेको अवस्थामा अमेरिकामा ठुलो आसा गरिहाल्ने पच्छ्यमा म छैन. येध्हपी आउँदा दिनमा हामीले पाठ सिक्दै परिमार्जित हुनु पर्ने आशा गर्न सकिन्छ.
Read Full Discussion Thread for this article