Posted by: Rudramati June 24, 2013
पाका कविहरुका मीठा कविता (भिडियो)
Login in to Rate this Post:     0       ?        


माघे संक्रान्तिको दिन धेरैजना मेला, धाम र रमझममा व्यस्त भैरहेको बेला कपाल सेतै फुलेका तथा अनुभवले खारिएका कविहरुलाई चाहिँ कविता सुनाउन र सुन्नमै भ्याईनभ्याई थियो । कालिकास्थानस्थित सर्वनाम थिएटरमा ‘हामी कवि र कविता’ शीर्षकमा भएको कविता वाचन कार्यक्रममा प्रज्ञा प्रतिष्ठानका कुलपति बैरागी काईंला र अर्का कवि दुर्गालाल श्रेष्ठले दर्शकलाई मन्त्रमुग्ध बनाउने गरी कविता वाचन गर्नुभयो ।

दर्शकतिर हेरेर मुसुक्क हाँदै श्रेष्ठले कविता सुनाउनुभयो-

कत्ति अबोध छ बलिको बोको

खुकुरी चाटिरहेछ

बुझ्न दुःख हो, त्यसले मेरो मुटु नै काटिरहेछ……….

पशु प्राण संवेदनासँग गाँसिएको उहाँको यो कविताले सबैलाई भावुक बनायो । काईंलाको कविता पनि उस्तै उर्जा दिने खालको थियो । पुरानो पाना पल्टाउँदै काईंलाले सुनाउनुभयो-

हामीले त माया-प्रीतिका कुराहरु

मात्र सुनेका छौं

दन्त्यकथामा झैं

कसैले पढेका छौं

दुईचार कथा र उपन्यासमा……….

दुई पाका कविहरुका मन छुने कवितालाई हामीले भिडियोमा उतारेका हौं ।


Durgalal shrestha kabita bachan



bairagi kaila kabita bachan



Read Full Discussion Thread for this article