Posted by: _____ June 24, 2013
९० लाख ठगेको आरोपमा थाइल्याण्डमा एक नेपाली पक्राउ
Login in to Rate this Post:     0       ?        
 

९० लाख ठगेको आरोपमा थाइल्याण्डमा एक नेपाली पक्राउ

 




 

१० असार, बैंकक । व्यवसायमा लगानी गर्ने भन्दै लाखौं रुपैयाँ ठगेको अभियोगमा थाइल्याण्डमा एक नेपाली पक्राउ परेका छन् ।

थाइ प्रहरीले ३२ बर्षीय किशोर राईलाई बैंकको एक अपार्टमेन्टबाट आइतवार पक्राउ परेको त्यहाँबाट प्रकाशित बैंकक पोष्टले जनाएको छ ।

समाचारमा जनाइएअनुसार राईले त्यहाँ रेष्टुँरामा लगानी गर्ने भन्दै बिवेक वान्तवासँगबाट १० लाख थाई भाट ल्याएका थिए । पीडित वान्तवाले प्रहरीमा दिएको उजुरीअनुसार राईलाई उनले बेइजिङमा भेटेका थिए ।

बैंककमा आफ्नो रेष्टुराँ रहेको र त्यसमा साझेदार बनाउने भन्दै उनले वान्तवाबाट पैसा लिएका थिए । तर, जब वान्तवा बैंकक आउन खोज्दा राईले नक्कली भिसा पठाइदिएका कारण आउन सकेनन् ।

वान्तवापछि त्यहाँस्थित नेपाली राजदूतावासको सहयोगमा थाइल्याण्ड आई प्रहरीलाई गुहारेको बैंकक पोष्टले जनाएको छ ।

राइविरुद्ध यसबाहेक अन्य ६ वटा उजुरी परेको प्रहरीले जनाएको छ । उजुरी गर्ने ९ जना नै नेपाली रहेको र उनीहरुबाट राईले करिव ३० लाख भाट ठगेको प्रहरीले जनाएको छ । ३० लाख भाट बराबर करीब ९० लाख नेपाली रुपैयाँ हुन्छ ।

उनको कोठाबाट १५ वटा बैंकका चेक बुक, २३ वटा एटीएम र चारवटा नक्कली पासपोर्ट बरामद गरेको छ । उनी त्यहाँ थाई श्रीमतीसँग बस्दै आएका थिए

- See more at: http://www.onlinekhabar.com/2013/06/85719/#sthash.APeswjJc.dpuf
Read Full Discussion Thread for this article