Posted by: _____ June 23, 2013
पाकिस्तानमा तालिबान आक्रमण, एक नेपालीको मृत्यु
Login in to Rate this Post:     0       ?        
 

पाकिस्तानमा तालिबान आक्रमण, एक नेपालीको मृत्यु

 



 

९ असार, काठमाडौं । उत्तरी पाकिस्तानको नन्गा हिमाल चढ्न गएकाहररूमाथि तालिबानले गरेको आक्रमणमा एक नेपाली मारिएका छन् । आक्रमणमा ९ विदेशीसहित १० जनाको मृत्यु भएको हो ।

नन्गा पर्वत चड्न गएका आरोही र गाइडहरुमाथि आक्रमण भएको हो । आक्रमणमा गाइडका रुपमा गएका सोलुखुम्बुका ३५ वर्षीय सना शेर्पाको मृत्यु भएको आरोहणको प्रवन्ध मिलाउने सेभेन समिट ट्रेकिङ एजेन्सीका सञ्चालक मिङ्मा शेर्पाले जानकारी दिनुभयो ।

शेर्पाका अनुसार अन्य ८ जना नेपाली गाइड भने बच्न सफल भएका छन् । उनीहरुलाई पाकिस्तानी सेनाले सुरक्षा दिएको छ । उनीहरुको भोलि उद्दार गर्ने तयारी भइरहेको छ । ३ जना चिनियाँ पर्यटकलाई लिएर ९ जना नेपाली गाइड सेभेन समिटबाट विश्वको नवौं अग्लो सगरमाथा नन्गा आरोहणका लागि पाकिस्तान गएका थिए । उहाँका अनुसार सेभेन समिटबाट गएका चीनै जना चिनियाँ नागरिकको समेत मृत्यु भएको छ ।

समाचारहरुमा जनाइए अनुसार मारिनेमा अन्य विदेशीमा चिनियाँ, युक्रेनी छन् । उक पाकिस्तानी नागरिकको पनि मृत्यु भएको छ । यो क्षेत्रमा पर्यटकमाथि आक्रमण भएको यो पहिलो घटना हो । तालिबानका बन्दुधकारीहरुले आक्रमण गर्नुअघि पर्यटकहरुसँग रहेको रकम र पासपोर्ट समेत लिएका थिए ।

पाकिस्तानी तालिबानले घटना जिम्मेबारी लिएको बीबीसीले जनाएको छ । आफूहरुको दोस्रो बरियताका कमाण्डर अमेरिकी ड्रोन आक्रमणमा मारिएको घटनाको बदला स्वरुप आक्रमण गरेको तालिबानका एक प्रवक्ताले बताएका हुन् ।

- See more at: http://www.onlinekhabar.com/2013/06/85506/#sthash.YZmliz48.dpuf
Read Full Discussion Thread for this article