Posted by: ThahaChaena June 21, 2013
मेरी जून!
Login in to Rate this Post:     0       ?        
  "त्यो मान्छे हो मान्छे! मान्छे जस्तो स्वार्थी कोहि हुदैन बुझिस्! ">>>>>>फुच्चे ले भनेजस्तै मेरो मन र आँखा यहि गएर अडिरह्यो ....अनि सोचमग्न भएँ ....अनि मुखबाट अनाहक निस्कियो होत्तनी हगि मान्छे जस्तो स्वार्थी कोहि हुदैन ....

"एकैछिन मात्र एकैछिन उसले यसरी दर्शन दि। मानौ, म उसको भक्त हु, र उसको दर्शनले धन्य भए, मेरो प्रतिक्षा साकार भयो। मेरो यो जुनिले पूण्य प्राप्त गर्यो।">>>>>>>हाम्रा पुराना दिन का  याद आए .....हाम्रो टोलको त्यो झ्याल हरेक साँझ केटाहरु बाट आँखा लुकाएर हेर्थिये ... अनि उ कपाल कोर्दै झ्यालको देब्रे पट्टि टाँगिएको एना हेर्थी लाग्थ्यो सिधै मलाई हेर्दै थि ....तब भुतुक्क हुदै ..मक्ख हुँदै ....भन्थें "... ल केटा हो चिया छोरो ले खुवाउँछ आज .." ...लाग्थ्यो म उसको भक्त हुँ.....दर्शन ले म धन्य भएँ ...मेरो जुनी ले पूर्णता प्राप्त गर्यो तर ...मोरी महिना दिन पछि नै पोइल पो गइ .......

क्रेजी_माया,
 
हजुर को कथा साधा झैं पढेर मन हर्षित भयो.... मज्जा आयो .....
 
- थाने
Read Full Discussion Thread for this article