Posted by: _____ June 21, 2013
धेरै गरीब बाजुरामा, कम गरीब कास्कीमा
Login in to Rate this Post:     0       ?        
 

धेरै गरीब बाजुरामा, कम गरीब कास्कीमा

 


 

आरपी सुवेदी

७ असार, नेपालगन्ज । नेपालमा सबैभन्दा धेरै गरीबहरु बाजुरामा जिल्लामा देखिएका छन् भने सबैभन्दा कम गरीबचाहिँ कास्की जिल्लामा देखिएका छन् । केन्द्रीय तथ्याङ्क विभागले सार्वजनिक गरेको सरकारी तथ्याङ्कअनुसार बाजुरामा ६४ लशमलव १० प्रतिशत जनता गरिबीको रेखा मुनि रहेका छन् । १ लाख ३४ हजार ६२ जनसंख्या रहेको बाजुरामा ८५ हजार ९ सय ३४ गरीबीको रेखामुनी छन् ।

यस्तै बझाङ्गमा ६४ प्रतिशत जनता गरिबीको रेखा मुनि रहेका छन् । केन्द्रीय तथ्याङ्क विभागका तथ्याङ्क अधिकृत लोकबहादुर खत्रीले राष्ट्रिय जनगणनाको तथ्याङ्कअनुसार बझाङ्गको जनसंख्या १ लाख ९४ हजार ५ सय १५ रहेकोमा १ लाख १० हजार ४ सय ८५ जना गरिवीको रेखामुनी रहेको बताउनुभयो ।

यस्तै कास्कीमा सबै भन्दा कम अर्थात ४ प्रतिशत मात्रै गरिबीको रेखा मुनि छन् । कास्कीमा ४ लाख ८० हजार ८ सय ५१ जनता रहेकोमा १९ हजार २ सय ३४ जना मात्रै गरिबीको रेखामुनि भएको उल्लेख छ ।

इचंगुनारायण सबैभन्दा धनी

देशैभरिका गाविसमध्ये काठमाण्डौको इचंगुनारायण गाविसका जनता सबैभन्दा कम गरिबीको रेखा मुनि रहेका छन् । तथ्याङ्क अनुसार ०.४४ प्रतिशतमात्रै गरिवीको रेखा मुनि रहेका छन् । त्यस्तै इलाकाहरुमध्ये ललितपुरको ५ नं. इलाकामा ०.५ प्रतिशत जनता गरिबीको रेखा मुनि देखिएका छन् । उता मकवानपुरको ५ नं इलाकामा ७३ प्रतिशत गरिव रहेको उल्लेख छ ।

पोखरा धनी, गुलरिया गरीब

नगरपालिकाको तथ्याङ्क अनुसार पोखरा उप-महानगरपालिकामा सबैभन्दा कम अर्थात् १.३ प्रतिशत जनता गरिबीको रेखा मुनि छन् । बर्दियाको गुलरिया नगरपालिकामा सबैभन्दा बढी अर्थात् ४९.६ प्रतिशत जनता गरिबीको रेखामुनि रहेका छन् ।

तथ्याङ्क अधिकृत खत्रीका अनुसार मुलुकका ५८ नगरपालिककामा ५ लाख ५० हजार जनताहरु गरिबीको रेखामुनि छन् । मुलुकभर ६१ लाख ७० हजार गरिब रहेको तथ्यांक विभागको दाबी छ ।

पश्चिमका केही जिल्लामा गरिबीको स्थिति

यसैगरी बाँकेमा २६.४, बर्दियामा २८.७, दाङ्गमा २५.१, सुर्खेतमा ३०.५ र दैलेखमा ३५.८ जनता गरिबीको रेखा मुनि छन् । जाजरकोटमा ३७.७ प्रतिशत जनता गरिवीको रेखा मुनि भने बाँकेको ४ लाख ८४ हजार ५ सय ९२ जनसंख्यामध्ये १ लाख २७ हजार ९ सय ३२ गरिबीको रेखा मुनि छन् । बर्दियाको ४ लाख २२ हजार ८ सय १२ जनसंख्यामध्ये १ लाख २१ हजार ३ सय ४७ र दाङ्गको ५ लाख ४७ हजार ९ सय २६ जनसंख्या मध्ये १ लाख ३७ हजार ५ सय २९ जना गरिबीको रेखा मुनि रहेका छन् ।

बाँकेमा तथ्यांक सार्वजनिक गर्ने कार्यक्रममा केन्द्रीय तथ्याङ्क विभागका निर्देशक डिल्लीराज जोशीले सार्वजनिक गरिएका सबै तथ्याङ्क जनगणनाको आधिकारिक तथ्यांक भएको दाबी गर्नुभयो । कार्यक्रममा बाँकेका प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद ओली र स्थानीय विकास अधिकारी विश्वराज डोटेल पनि सहभागी हुनुहन्थ्यो ।

(धेरै गरीब बाजुरा हुनु पर्नेमा अन्यथा भएकाले सच्याइएको छ–सं)

- See more at: http://www.onlinekhabar.com/2013/06/84746/#sthash.5wQagrtB.dpuf
Read Full Discussion Thread for this article