Posted by: _____ June 20, 2013
धौलीगंगाका कारण दार्चुला बग्यो’
Login in to Rate this Post:     0       ?        
 

धौलीगंगाका कारण दार्चुला बग्यो’

 

4
 

६ असार, काठमाडौं । राजनीतिक पार्टीका नेता र सरोकारवालाहरुले हालै दार्चुलामा आएको बाढी प्राकृतिक प्रकोप नभएर भारतीय पक्षले धौलीगंगा हाइड्रोपावरका ढाका खोलिदिएपछि भएको बताएका छन् । संवाद डबलीले बिहीबार राजधानीमा गरेको अन्तरसंवाद कार्यक्रममा उनीहरुले सरकारका मन्त्रीले धौलीगंगाको पानीले होइन भन्ने अभिव्यक्तिप्रति आपत्ति व्यक्त गरे ।

नेपाली कांग्रेसका प्रवक्ता दिलेन्द्र बडुले बर्षा पहिलो कारण भएपनि धौलीगंगा दोस्रो कारण भएको बताउनुभयो । ‘एकाएक महाकाली नदीमा पानीको बहाव बढ्यो, बुझ्दा त भारतीय पक्षले धौलीगंगा परियोजनाका ढाका खोलेपछि आएको रहेछु, प्रवक्ता बडुले भन्नुभयो, ‘परराष्ट्रमन्त्रिलाई सम्पर्क गरे, वास्ता गरेन, प्रमुख जिल्ला अधिकारीले मन्त्रीलाई जानकारी गराउदा उल्टै पो हकारेछन् मन्त्रीजीले ।’ उहाँले भारतीय पक्षले धौलीगंगा परियोजना निर्माण गर्दा नेपाली पक्षसँग लिनुपर्ने सहमति पनि नलिएको बताउनुभयो । सरकारसँग आफूहरुले सर्वपक्षिय समिति बनाएर जाउँभन्दा पनि नमानेकोमा आश्चर्य लागेको प्रवक्ता बडुले बताउनुभयो ।

एमाओवादीका नेता लेखराज भट्टले दार्चुलाको क्षति भारतका हेपाह प्रवृति र नेपाल नेता र राज्यको कमजोरीले भएको बताउनुभयो । ‘दार्चुलाको क्षेती मौसमले मात्र भएको होइन, भारतले मनपरि गर्दै बनाएको धौलीगंगा जलविद्युत परियोजनाका ढोका विना जानकारी खोलिदिएपछि भएको हो ।’ मन्त्रीले भारतका कारण धौलीगंगाका कारण होइन सार्वजनिक रुपमा भनेकोप्रति भट्टले आपत्ति जनाउनु भयो ।

कार्यक्रममा नेकपा-माओवादीका केन्द्रीय सदस्य शरदसिंह भण्डारीले दार्चुलाको क्षेती प्राकृतिक प्रकोप नभएर भारतको एनएचपिसि लिमिटेडले जानकारी नगराई धौलीगंगाका ढोका खोलेपछि आएको बाढीले दार्चुला बगाएको बताउनुभयो । ‘भारत सरकारले उक्त कम्पनिलाई कार्वाही गर्नुपर्छ र क्षतिपुर्ति दिन लगाउनुपर्छु, भण्डारीले भन्नुभयो, पूर्व सभासद् तथा बाढी पीडित गोपालसिंह बोहराले भारतीय पक्षले नेपालसँग सहमति नलिइ धौलीगंगा परियोजना निर्माण गर्दा महाकाली नदीमा बनाएको तटबन्दका कारण दार्चुला बगेको बताउनुभयो ।

पूर्व जलस्रोत सचिव डा. द्वारिकानाथ ढुङ्गानाले धौलीगंगाले दार्चुलाबासीलाई घारबारविहीन गराएको हैन भन्ने मन्त्रीको भनाईप्रति आपत्ति जनाउनु भयो ।

- See more at: http://www.onlinekhabar.com/2013/06/84278/#sthash.wWxEmorO.dpuf
Read Full Discussion Thread for this article