Posted by: Geology Tiger June 19, 2013
महाकाली नदीको बाढी
Login in to Rate this Post:     2       ?         Liked by
अहिले मैले त्यो नेपालमा global warming र climate change भन्दै हल्ला गरेर हिंड्ने अनि स्वदेश तथा विदेशको विभिन्न निकायबाट टन्न पैसा असुल्दै आफ्नो गोजी भर्ने चोरहरुलाई भेटे भने तिनीहरुको गाला साला फुट्ने गरेर चड्काउने थिए । यदि यिनीहरुले त्यात्रो हंगामा मच्चाएर पनि यस्तो प्राकृतिक प्रकोप हुन भन्दा अगाडि नै सुसूचित गर्न सक्दैनन् भने किन हंगामा नै किन गर्नु ?

ल ठीक छ महाकालीले ल्याएको बढी इन्डियाको कारणले गर्दा भयो रे, अनि बागमतीमा आएको बाढी नि ? अझ काठमाडौंको बिष्णुमतीले पनि बगाउछ कहिलेकाँही घरहरु त्यो चाँही कल्ले गर्दा भएको होला ? मित्रहरु दोष भारतको होइन । यो त हाम्रै देशको बिशिष्ट भौगोलिक कारण र मौसमी प्रणालीले गर्दा भएको हो । हाम्रो पहाडपर्वतहरु अग्ला छन् र नरम छन्, जब २-३ महिना भित्र २५०० मिमी पानी पर्छ भने त्यसलाई पहाडले थेग्न सक्दैन र पैर्हो जान्छ, नदीले समेट्न सक्दैन र बाढी आउछ । अब हाम्रो समस्या के हो भने कुन समयमा कुन ठाउँमा त्यस्तो बिपत्ती जानेवाला छ त्यो कुराको पुर्वानुमान गरेर सम्बन्धित निकायलाई परिचालित गरेर जनधनको क्षति हुनबाट रोक्नु । अहिले महाकालीमा भएको क्षति हाम्रो disaster warning र mitigation system गतिलो नभएर हो । global warming भनेर दुनियाँ हल्ला मच्चाउने तर यसबाट उत्पन्न हुने विपत्तीको व्यवस्थापन गर्न नसक्ने चोरहरुको गालामा पड्काउन पर्ने हो कि होइन ?

नदी किनारमा, अझ नदीले पहिले बालुवा बगाएर ल्याएर बगाएको बगरमा, कमलो माटो भएको तर भिरालो पहाडहरुमा बस्ती बसाउनु कुनै पनि हालतमा सुरक्षित छैन । आज महाकालीमा यो घटना घट्यो, भोली अरु कुनै ठाउँमा घट्छ, पर्सी अर्को ठाउँमा ... आवश्यकता के हो भन्ने नेपालमा कुनै पनि ठाउँमा बस्ती बसाउन अघि त्यो ठाउँ भौगोलिक रुपमा बस्ती बसाउन उपयुक्त छ कि छैन भन्ने जाँच जसलाई हामी Natural Hazard Risk Assessment भन्छौ त्यो हुनुपर्छ ।

मान्छेहरु खुइ खुइ नदीको किनारमा घर ठडाको ठड्यै अनि प्रशासनवालाहरु गोजी गरम गरेर चुप्पै, अनि अहिले खोलाले दु:ख दिन थाले पछि कराएर हुन्छ । पहिल्यै नै त्यस्तो खतरापूर्ण क्षेत्रमा बस्ती बसाइसकेको रहेछ भने पनि त्यसलाई निश्चित प्रकृया पुराएर स्थानतरण गर्नुपर्‍यो र अब खतरापूर्ण पहिचान भएका क्षेत्रहरुमा बस्ती बसाउन दिन भएन । अनि सब भन्दा ठुलो त्यस्तो विपत्ति हुनु अगाडि नै जानकारी दिने संयन्त्र हुनुपर्‍यो र घटना भएको क्षेत्रमा राहत दिनको लागि चौबिसै घण्टा तयार हुनुपर्‍यो ।

जति नै तटबन्ध बनाए, जति नै हल्ला मच्चाए पनि नेपालमा यस्ता बाढी पैह्रो त गइनै रहन्छन्, अझ हामीले ९० साल पछिको अर्को महाभूकम्पको सामना गर्न बाँकी नै छ । त्यसैले प्रकृतिसँग जुधेर भन्दा पनि प्रकृतिको रचनालाई बुझेर अगाडि बड्न आवश्यक छ । त्यो भन्दा पनि पहिले यदि नेपालमा global warming को हल्ला मच्चाएर गोजी भर्ने कोही भेटियो भने त्यसको गाला चड्काउन आवश्यक छ ।

Read Full Discussion Thread for this article