Posted by: Geology Tiger June 18, 2013
आदिकवि भानुभक्त आचार्यसँग सम्बन्धित सामाग्रीहरु
Login in to Rate this Post:     1       ?         Liked by

आदरणीय नेपाली भाषा तथा साहित्य अनुरागी महानुभावहरु,

पछिल्लो पटक मैले यहाँहरुलाई आफूलाई थाहा भएको महाकवि देवकोटासँग सम्बन्धित सामाग्रीहरुको बारेमा मलाई जानकारी दिनुहुन अनुरोध गरेको थिए । मेरो आग्रहलाई स्वीकार गरेर यहाँहरु मध्ये धेरैले मलाई जानकारी, सुझाव र सल्लाहहरु दिनुभएको थियो । त्यसको लागि म पुन एक पटक यहाँहरु प्रति हार्दिक आभार प्रकट गर्न चाहन्छु । यो पटक मेरो काँधमा आदिकवि भानुभक्त आचार्यको जीवनीमा आधारित श्रव्यदृष्‍य बनाउने जिम्मेवारी आइपरेको छ । अवश्य पनि म यसको लागि इन्टेरनेटमा उपलब्ध सुबिधा गुगलको प्रयोग गर्नेछु । तर पनि यहाँहरुसँग आदिकवि भानुभक्त आचार्यसँग सम्बन्धित फोटोहरु , लेख रचनाहरु, श्रव्यदृष्‍य सामाग्रीहरु छन् अथवा यससँग सम्बन्धित त्यस्ता वेबसाइटका लिंकहरुको बारेमा जानकारी छ जुन गुगलद्वारा खोजी गर्दा सजिलै भेटिदैन भने मलाई जानकारी गराउनहुन विनम्र आग्रह गर्दछु ।
Read Full Discussion Thread for this article