Posted by: cybernepali June 17, 2013
कौमार्यको मूल्य
Login in to Rate this Post:     0       ?        
कौमार्यको मूल्य
मोटो रकमका लागि आफ्नो कौमार्य लिलामी गर्न तयार भएका छन् कतिपय विकसित मूलका किशोरी ।


तारा भट्टराई
सोमबार , २७ जेठ २०७० ११:३५ एम
9

सन् २०१२ को नोभेम्बरमा २० वर्षीया एक ब्राजिलियन केटरिनाले आफ्नो कौमार्य अनलाइनमार्फत जापानिज पुरुष नात्सुलाई झ ७८ लाख डलरमा बेचेको खबर छापामा आयो ।
कुनै केटीले सार्वजनिक रूपमा स्वेच्छाले आफ्नो कौमार्य यति ठूलो धनराशीमा लिलाम गरेको समाचार पहिलो पटक पढ्दा आश्चर्यचकित भएँ । महिलाले आफ्नो कौमार्य अथवा सतीत्व पैसामा पुरुषलाई बेच्नु वेश्यावृत्ति मानिन्छ ।
तर केटरिनाले आफ्नो कौमार्य एकपटक मात्र बेच्ने भएकाले यसलाई वेश्यावृत्ति नभएको पुष्टि गर्दै त्यसबाट पाएको पैसाबाट आफ्नो ठाउँका अत्यन्त गरीब परिवारलाई घर बनाइदिने विचार व्यक्त गरेकी छन् ।
केटरिनाले अनलाइनमार्फत कौमार्य लिलाम गरेको खबर सेलाउन नपाउँदै जनवरी २०१३ मा उनको सिको गर्दै ब्राजिलकै अर्की १८ वर्षीया रेबेकाले पनि अनलाइनमार्फत आफ्नो कौमार्य लिलामीको खबर छापिन् ।
उनले बिरामी आमाको उपचारका लागि कौमार्य बेच्नु परेको प्रष्ट्याएकी थिइन् । वेटर्सको कामबाट कमाएको पैसाले आमाको उपचार हुन नसक्ने र अन्य विकल्प नपाएपछि यो उपाय अपनाएको उनले खुलासा गरेकी छन् ।
उनको कौमार्यको लागि अहिलेसम्म ३५ हजार डलरको अफर आइसकेको छ ।
मेरो आश्चर्यको सीमा त्यतिबेला अन्तहीन भयो, जब मैले २००९ को जनवरीमै अमेरिकाको नेभाडामा २२ वर्षीया नतालियले झ ३।८ मिलियन डलरमा आफ्नो कौमार्य बेचिसकेको खबर थाहा पाएँ ।
त्यस समय उनी ओमन्स स्टडिजमा बीए पूरा गरेर म्यारिज एण्ड फेमेली थेरापीमा स्नातकोत्तर गर्ने तर्खरमा थिइन् ।
आफूले लेख्न लागेको थेसिस ‘कौमार्यको मूल्य’ माथि अध्ययन गर्ने क्रममा उनले आफ्नै कौमार्य लिलामी गर्न तयार भएको खुलासा गरेकी थिइन् ।
नारीको लागि पवित्र बरदान कौमार्य एक योग्य पुरुषका लागि सँगालेर राख्नुपर्छ भन्ने कुरा अरू छोरीहरूले झैं आफूले पनि सानैदेखि सुन्दै र सिक्दै आए तापनि ओमन्स स्टडिज अध्ययनको क्रममा आफ्नो त्यो विचार परिवर्तन भएको उनले स्वीकारेकी छन् ।
यसपछि आफ्नो बहुमूल्य कौमार्यबाट आर्थिक रूपले सबल र सक्षम किन नहुने भन्ने जस्ता विचारको विकास भएपछि वेबसाइटमार्फत कौमार्य लिलाम गरेको कुरा उनले प्रष्ट पारेकी थिइन् ।
नतालियले आफ्नो कौमार्य खुलेयाम अनलाइनमार्फत लिलाम गरेर विश्वसामु एउटा नौलो शैली प्रस्तुत गरे तापनि वेश्यावृत्ति विश्वमा सबभन्दा पुरानो व्यापार भएकाले यौन बजारमा कौमार्यको लिलामी र त्यसबाट मोटो रकम हात पार्नु नयाँ विषय भने होइन ।
उहिले उहिले हामी केटाकेटी छँदा कोठीहरूमा हिरोइनको कौमार्य तोड्न धनाढ्य पुरुष समक्ष लिलामका लागि पेश गर्दा हिरो आएर उनलाई बचाएका जस्ता रोचक हिन्दी सिनेमा खूब हेरिन्थ्यो । अलि ठूली भएपछि त्यस्ता हिन्दी उपन्यासहरू पनि खुब पढियो ।
अझै पनि नेपाल र भारतमा यस्ता केही जाति आफ्नो छोरीचेलीको कौमार्य बेचेर जीवन निर्वाह गर्ने गर्छन् ।
केही समय पहिले विदेशमा अध्ययन गर्न गएका नेपाली केटीहरूले पैसाको अभावमा आफूलाई यौनबजारमा बेचिरहेका छन् भन्ने खबर पढेकी थिएँ ।
आजभोलि गरीबीले मान्छे यति आक्रान्त छन् मात्र एकछाक मीठो खाना र एकजोर राम्रो कपडाका लागि कौमार्य बिक्री गर्न विवश छन् ।
नतालियले उल्लेख गरे झैं केही अपवाद बाहेक हरेक अभिभावकले आफ्ना छोरीबेटीलाई सानैदेखि उनको कौमार्य ईश्वरको पवित्र वरदान भएको र त्यसलाई उनले आफ्नो भावी जीवनसँगीको लागि सम्हालेर राख्न सिकाएका हुन्छन् ।
छोरीबेटीहरूले पनि अभिभावकले दिएको शिक्षा अनुसार कौमार्यलाई जीवनको सबैभन्दा ठूलो पूँजी सम्झेर जतन गर्दै हुर्किएका हुन्छन् ।
यसैकारण कुनै किशोरीको कौमार्य लुटिएमा उनीहरू आत्महत्या गर्नसम्म पछि पर्दैनन् । अथवा त्यसको पीडाले मानसिक रूपमै विक्षिप्त हुन पुग्छन् ।
त्यसैगरी यो संसारमा त्यस्ता कट्टर अभिभावकहरू पनि छन् जो आफ्ना छोरीबेटीले गल्तीले कौमार्य गुमाएमा वा कसैबाट लुटिएमा आफ्नो इज्जत, प्रतिष्ठामा आँच आएको सम्झेर छोरीबेटीको हत्या गर्नसम्म पनि पछि पर्दैनन् ।
अन्तमा, अफिसको कामको सिलसिलामा अहिले जाजरकोटको यात्रामा छु । यहाँ पुरुष मित्रहरू बीच करोडौंमा कौमार्य बेच्ने कार्य ठीक या बेठीक भन्ने सम्वाद जारी छ ।
अब धनाढ्यले करोडौं तिरेर कौमार्य किन्ने या त्यो पूँजी अन्यत्रै लगाउने भन्ने जस्ता विषयमा पनि बहस गर्नु जरूरी छ । नारीको कौमार्य अमूल्य छ र अनन्तसम्म पनि अमूल्य नै रहनुपर्छ ।
दिनानुदिन अवमूल्यन हुँदै गइरहेको नारीको कौमार्यको गन्तव्यविहीन र अन्तहीन यात्रालाई विश्वको हरेक कुनाबाट रोक्ने प्रयास गर्नुपर्छ ।
हिमालको २६ जेठ-२ असार अंकबाट ।
Read Full Discussion Thread for this article