Posted by: behoove_me June 15, 2013
ओजस्वीको संक्षिप्त कथा र फ्रिडम ब्रोलाई मेरो सन्देश !
Login in to Rate this Post:     2       ?         Liked by
बाघ ज्यु,

मैले त्यो ओजस्वी वाला धागो मा अब देखी जवाफ नदिने अठोट गरेको थिएं र एक जना मानसिक सन्तुलन गडबडिएका र विछिप्तावस्था मा पुगेका साझामित्र ले त्यो धागो चाहिने भन्दा पनि बढी हास्यास्पद बनाइदिएको हुंदा म त्यस बाट पंछिएं। तर धन्य यहाँको भाषा शैली, म यो धागो मा लेख्न वाध्य भएं.

म एक दुइवटा कुरा हरु स्पस्ट पार्न चाहन्छु -

- ओजस्वी ले नियो माथि जसरी विष बमन गरिन, जुन भाषा को उपयोग गरिन, जुन ढंग ले बोलिन, जसरी मानिस हरु का अघी नियोलाई होच्याएर बेइजत्ती गरिन त्यो कुनै राम्रा घराना का शील सुशील स्वास्निमानिस् ले गर्दैनन। मैले जुन शब्द को त्यहां प्रयोग गरें त्यो उपयुक्त थियो। त्यस्मा मलाई कुनै ग्लानी र खेद छैन। म स्त्रिजाती को विरोधी कदापी पनि होइन, र मेरो त्यो धागो को एउटा शब्द ले मलाई संसार का सबै स्वास्निमानिस् को सत्रु बनाउंछ भन्ने कुरा गलत हो। अब मैले तथ्य कुरा भन्दा पनि कसैलाई विश्वास लाग्दैन भने त्यो मेरो दोष हो कि वहाँ हरुको म प्रती को घ्ॠणा मलाई थाहा छैन। समय र परिस्थिती ले गर्दा मैले त्यो शब्द प्रयोग गर्या हुँ र मलाई त्यस्माथि गर्व छ।

- अर्को अचम्म को कुरा के छ भने, त्यस्तो शब्द यहां साझा मा निक्कै बोलिन्छ, संधै बोलिन्छ, तर त्यतिबेला मेरो धागो मा मलाई मार्गदर्शन दिने मित्र हरु केही बोल्दैनन्, कहिले बोल्दैनन्, तर मैले एक चोटि त्यसरी बोल्दा म माथि खनीदा मलाई आश्चर्य लाग्यो। कती 'एस्ले कुन बेला गल्ती गर्छ र यस्लाई नीचा देखाउंला' भन्ने भावना त होइन? यदी त्यस्तो हो भने ती मित्र हरुको अर्ती उपदेश वहाँहरुलाई आँफैं काम लाग्ला कि?

- रीस भन्या सबै लाई उठ्छ, ओजस्वी रिसाइ, म रिसाएं, शब्द हरुको आदान प्रदान भयो , दुवै ले माफि मागेनौं, कुरा सिद्धियो, तर कुरा बढाउने मानिस हरु को कमी रहेन, अब ओजस्वी ले मेरो माफि को अपेक्षा राख्दिन भने, यो फ्रिडम लाई किन पोलेको हो यो कुनै मानसिक चिकित्शक ले नै बताउन सक्छ कि? फ्रीडम को पागल्पन, र निकम्मापन सर्वविदितै छ, यो प्रथम पटक होइन उसले आफ्नो जिद्दीपन र केटाकेटिपन को उदाहरण दिएको, तर्क को मात्रा त छ, तर गुणस्तर छैन, अब मेरो यो जवाफ माथि पनि उसले कस्सेर जवाफ दिने प्रयत्न गर्छ, शायद रात भरी निंदाउंदैन होला, र सदा झैं सबै उमाथि हांसेर बस्छन।

अन्तमा म खेद प्रकट गर्छु कि हामी सबै ले येसरी झगडा गर्नु पर्यो, ओजस्वी लाई मैले जे भनें ठीक भनें, र फ्रिडम जस्ता नालायक र अर्धसिल्ली ले भन्दै मा म माफि माग्ने वाला छैन
Read Full Discussion Thread for this article