Posted by: Rahuldai June 14, 2013
A Vixen and a Gentleman
Login in to Rate this Post:     3       ?         Liked by
 अंग्रेजी भाषामा धुरन्धरहरु बीच नेपालीमा लेख्ने धृष्टता गरेको छु , सुरु मै क्षमा प्रार्थी छु . 
 
कुनै मित्रले म लगायतलाई बेहूवे को पोस्ट लाई लाइक गरेको भर मा क्षमा माग्नु पर्ने पटक पटक माग गर्नु भएको सम्बधमा दुइ हात जोडेर क्षमा माग्दछु . कृपया माफ गर्नु होला . 
 
 
बेहूबे को उक्त पोस्टको अक्षरस समर्थन गर्दै लाइक गरेको सम्झनु भए माफ गर्नुस तपाइँ को अज्ञानता हो . पोस्ट को भाव लाइ लाइक गरेको हुँ. ओजस्वी राणाले वाक्यै  पिच्छे  सभ्य समाजको सार्बजनिक मंच मा अपाच्य शब्दावली वमन गर्दा त्यो चाट रूम मा म पनि थिएँ. पटक पटक मैले बिनाम्रतापूर्बक यस्तो आप्पत्तिजनक शब्द प्रयोग  सार्बजनिक फोरम मा नगर्न आग्रह पनि गरेको हुँ . सुन्नु भएन . सान ब्रो लाई तथानाम गालि बर्षाउन व्यस्त हुनु भयो . 

बेहूबे पनि त्यति बेला चाट रूम मै थिए र उसले पनि एफ शब्द को अप्पति प्रकट गरेका थिए . राणाजीले जुन बिषय मा अप्पत्ति जनाउ गर्न असभ्य भाषा  प्रयोग गर्नु भा थ्यो , त्यति बेला हामी पनि त्यै बिषयमा कुरा गर्दै थियौं .... एक महिला  लेखकको मान मर्यादामा आंच आउने र चरित्र हत्या गर्ने गरी केहि साझा का उपबुज्रुक मित्रहरुले टिप्पणी गरेकोमा आपत्ति जनाउदै त्यस्ता सम्प्रेषणहरुलाई कसरी नियन्त्रण गर्न सकिन्छ भन्ने बारे सान ब्रो , बेहूबे र अरु मित्रहरु माझ छलफल हुँदै थियो . त्यति बेला नै राणाजी को गालि प्रवेश भयो र एकोहोरो आपत्तिजनक शब्दको झरी झार्नु भयो . 

बिषय एउतै थियो अन्तर शब्दावली को . बेहूबे ले प्रयोग गरेको केही शब्दहरु शालीन छैनन् , फिर्ता लिए बेश हुन्छ. 

राणा जीको बचाव गर्न लाम लाएका केही मत्रहरुलाई वास्तविकता बुझी यो बहस मा पसिना बगाउन आग्रह गर्दै  पुन: एक पटक माफी माग्दछु .. 
धब्यबाद ...
Read Full Discussion Thread for this article