Posted by: cybernepali June 11, 2013
छोरीलाई श्रीमती बनाएर बच्चा जन्माउने बाबु पक्राउ
Login in to Rate this Post:     0       ?        

God knows where Nepal and Nepalis are heading thesedays. What a creep!

http://singhadurbar.com/news/photo_world/6660-2013-06-11-071253/


इटहरी, २८ जेठ- नेपाली समाजमा आफूलाई जन्म दिने बाबुआमालाई भगवान सरह नै मान्ने गरिन्छ । पितृसत्तात्मक मुलुक नेपालमा बाबुलाई त घरमुली नै भन्ने गरिन्छ । आफ्ना सन्तानको इज्जतको ख्याल गर्नु र गलत बाटोमा हिड्न नदिनु घरमुलीको नाताले बाबुको बढी नै दायित्व हुन्छ । 

तर, इटहरी–२ का एक बाबुले भने आफ्ना छोरीहरुको इज्जतको ख्याल गर्नु र उनीहरुलाई गलत बाटोमा हिड्न नदिनु त कता हो कता, उल्टै उनीहरुको इज्जतमाथि खेलवाड गरेको घटना सार्वजनिक भएको छ । सुन्दै आङ नै जिरिंग हुने यो घटनाले नेपाली समाज कता जाँदैछ भन्ने प्रश्न पनि उब्जिएको छ ।  छोरीलाई बाबुले नै बलात्कार गरेको घटना बेला बेला सार्वजनिक नभएका होइनन् । तर, छोरीलाई नै श्रीमती बनाएर बच्चासमेत जन्माएको यो घटनाले जो कोहीलाई भावविह्वल बनाउँछ । 

आफ्नै जेठी छोरीलाई सात वर्षअगावै श्रीमती बनाएका शान्तिनगर बरगाछी निवासी ५१ वर्षीय सौगात साहको कर्तुत उनकै तीन छोरीले सार्वजनिक गरेका हुन् । जेठी छोरी कविताबाट बच्चासमेत जन्माएका सौगातले आफूहरुलाई बलात्कार गर्न खोजेको भन्दै साइली छोरी प्रीति, काइली लक्ष्मी र अन्तरी पार्वतीले इलाका प्रहरी कार्यालय इटहरीमा बाबुविरुद्ध किटानी जाहेरी दिएपछि घटना सार्वजनिक भएको हो । 

जेठी छोरीबाट जन्मेको बच्चा ६ वर्षको हुँदासमेत चुपचाप सहँदै आएका तीन छोरीहरुमाथि नै बलात्कार गर्न खोजेपछि उनीहरु सोमबार भागेर प्रहरी कार्यालय पुगेका थिए । उनीहरुको कुरा सुनेर प्रहरीहरु नै आश्चर्यचकित बनेका थिए । छोरीहरुको उजुरी र वयानलगत्तै प्रहरीले सौगातलाई पक्राउ गरेको थियो । उनलाई हिरासतमा राखी प्रहरीले अनुसन्धान गरिरहेको छ ।  इलाका प्रहरी कार्यालय इटहरीका नायव निरीक्षक (सई) गोविन्द खवासले अभियुक्त सैगातलाई म्याद थप गरी अनुसन्धान अघि बढाइएको बताए ।  

उजुरी दिन आएका छोरीहरुसँग प्रहरीले एक्लाएक्लै सोधपुछ गरेको थियो । सबैको एउटै वयान आएपछि प्रहरीले सौगातलाई पक्राउ गरेको हो । उनीहरुले इज्जतको डरले लामो समयदेखि वास्तविकतालाई लुकाउनु परेको वयान दिएका थिए ।  त्यसो त, ६ वर्षीय छोरालाई लिएर स्थानीयले पनि सौगातमाथि प्रश्न नउठाएका होइनन् । उनले र छोरीहरुले समेत सो बच्चालाई भेटेर ल्याएको भन्दै समाजलाई ढाँट्दै आएका थिए । तर, अन्य छोरीहरु पनि असुरक्षित बनेपछि उनीहरुले घटनाको वास्तविकता खुलासा गरेका हुन् ।  छोरीलाई श्रीमती बनाएको आफ्नै अन्य छोरीहरुले खुलासा गरेपछि प्रहरीले दुबैको स्वास्थ्य परीक्षणका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाएको छ ।  घरमा बस्न असुुरक्षित भएको बताएका तीन छोरीलाई भने इनरुवास्थित महिला विकास कार्यालयको सेवा केन्द्रमा राखिएको छ ।

सौगातका ६ छोरीमध्ये साइली प्रीति १०, काइली र अन्तरी क्रमशः  लक्ष्मी र पार्वती सोही ठाउँमा रहेको महेन्द्र उच्च माध्यमिक विद्यालयमा ७ कक्षामा पढ्दै आएका छन ।   ‘तिमीहरुले पढेर काम छैन, घरको कुरा बाहिर लगेको भनेर जेठा छोरा नविनले कुटपिट गर्न थालेपछि  बाध्य भएर घरबाट भागेको साइली प्रीतिले आफूलाई भनेको विद्यालयका प्राचार्य धर्म भट्टराइले बताए ।  घटना बाहिर आएलगत्तै स्थानीय महिला अधिकारकर्मीहरु सौगातको परिवारविरुद्ध उत्रिएका छन ।

महिला अधिकारकर्मी  रुकमिणि कोइरालाले समाजमा यस्तो जघन्य अपराध गर्नेलाई समाजबाटै बहिस्कार गरी कडा कारबाही गरिनुपर्ने माग राखिन् । उनले सैगातलाई कारबाही गर्न सुनसरी जिल्लामा क्रियाशील सबै महिला अधिकारवादी संस्थाहरु एक भएर हस्ताक्षर अभियानको समेत थालनी गर्न लागेको बताइन ।  यस्तै छिमेकी राधा नेपालले बच्चा जन्मिएदेखि नै आफूले सौगात परिवारको गतिविधिलाई नजिकबाट नियालेको दाबी गर्दै उनकै सन्तान भएको दाबी गरिन् । उनले सैगातमाथि कानुनी कारबाही नभए सामाजिक रुपमा कडा कारबाही गर्ने चेतावजनी दिइन् । 

यता आरोपित सौगातले भने छोरीसँग माय गाँसेका केटाले छाडेर गएपछि बच्चा जन्मिएको दाबि गरेका छन । उनले सो कुरा बाहिर आए आफूहरुको बदनाम हुने डरले लुकाउँदै आएको दाबीसमेत गरेका छन । जेठी छोरी कविताले पनि आफ्नो प्रेमीको बच्चा भएको र प्रेमी भागे पनि आफूले छोरालाई जन्म दिएकी बताएकी छन् । उनले इज्जत जाने डरले अहिलेसम्म सही कुरा लुकाएर समाजलाइ पनि गलत कुरा गर्दै आएको बताइन् ।

Read Full Discussion Thread for this article