Posted by: _____ June 8, 2013
नेपालको सल बेच्थे शिल्पाका पति
Login in to Rate this Post:     0       ?        
 

नेपालको सल बेच्थे शिल्पाका पति

 
(4 Votes)
 
 
 
 
Shilpa Shetty and Raj Kundra
 
 
काठमाडौ, जेष्ठ २४ - बलिउड नायिका शिल्पा सेठ्ठी पति तथा राजस्थान रोयल्ड क्रिकेट टिक मालिक राज कुन्द्रले मुम्बई प्रहरीसँगको बयानमा नयाँ रहस्य खोलेका छन् । बेलायतमा जन्मिएर कलेजको पढाई छाडेर भारतमा आई व्यापार थालेका कुन्द्राले आफ्नो पहिलो व्यापार नेपालकै पश्मिना सल बेचेर सुरु गरेको बताएका छन् ।

उनलाई सट्टेबाजसँग पैसा लिएर आफ्नो टोलीलाई हराएको आरोप लगाइएको छ । उनलाई बिहीबार मुम्बई प्रहरीले पक्राउ गरी सोधपुछ गरेको थियो । उनको टोलीका तीन खेलाडी श्रीशान्त, अंकित र अजितलाई यसअघि नै प्रहरीले पक्राउ गरेर हिरासतमा राखेको छ । उनीहरुलाई सट्टेबाजसँग रकम लिएर म्याच फिक्सिङ गरेको आरोप छ ।

सोधपुछको क्रममा उनले आफ्नो सम्पतिबारेको बयानमा आफूले नेपालबाट व्यापार व्यबसाय थालेको बताएका थिए । बेलायतमा जन्मेका ३७ बर्षीय कुन्द्रेले नेपालमा सुन ल्याउने र यहाँबाट लगेको पश्मिनाको सल विश्वका ठूला फेसन कम्पनीलाई बेचेर अर्बौं कमाएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

त्यसपछि भने उनले दुबईमा हिराको व्यापारमा हात हाल्दै होटल, ऊर्जा र खेल व्यबसायमा हात हालेका थिए । शिल्पा पति कुन्द्र छोटो समयमै धेरै धन कमाउने व्यक्तिमा पनि पर्छन् ।

सन् २००७ मा अमेरिकी टेलिभिजन शो सेलिबे्रटी बिग ब्रदर जितेर शिल्पा सेठ्ठीले विश्वभर नै  नाम कमाएपछि उनीहरुको भेट भएको थियो । कुन्द्रले पहिलो पत्नीसँगको दुई बर्षको सम्बन्ध टुंग्याएपछि सन् २००९ मा शिल्पासँग विवाह गरेका थिए ।

- See more at: http://www.ekantipur.com/np/2070/2/24/full-story/369609.html#sthash.f1CJN7Kw.dpuf
Read Full Discussion Thread for this article