Posted by: Geology Tiger May 30, 2013
Nepali beauty with brains
Login in to Rate this Post:     3       ?         Liked by
निकी नानीको यो थ्रेडमा राखिएको भिडियो पनि हेरे, नेपाल नाच्छको भिडियो पनि हेरे ..

१) नेपाली भाषा बोलेर बढी राष्ट्रप्रेमी हुने र अङ्रेजी, हिन्दी भाषा बोल्दा चाँही राष्ट्रप्रेमी नहुने भन्ने कुरामा म कति पनि सहमत छैन । कम्तीमा पनि कार्यक्रमको नाम त 'नेपाल नाच्छ' भनेर राखेका रहेछन्, यसैलाई नेपाल र नेपालीप्रतिको सद्भावको रुपमा हेरिनुपर्छ । तर नेपालीले नै संचालन गरेको नेपाली नै आएर नाच्ने, अनि नेपालीले नै भिडियो हेर्ने कार्यक्रममा निकी बैनीले भनेको विदेशीलाई नेपालीहरु कसरी आफ्नो नयाँ बर्ष मनाउछन् भनेर बुझाउन देखाउन अङ्रेजीमा बोलेको भन्ने कुरा चाँही रवि लामिछनेले विश्वले चिन्नेछ नेपाल भन्दै अमेरिकाभर खाली नेपाली समुदायमाझ गएर आफ्नो कार्यक्रमको प्रचार गरेको जस्तो भयो ।

२) नेपालीहरुले आफ्नो देशको मान्छेलाई कहिले सपोर्ट गर्दैनन् भन्ने कुरा त कसरी सही होला र ? एउटा नेपालीलाई नेपाली भएकै कारणले CNN हिरो बनाउन नेपालीहरु अफिसबाट छुट्टी लिएर पनि भोट हालेको हाल्यै हुन्छन्, एउटा नेपालीलाई ईण्डियन आइडल जिताउन पैसा खर्च गरी गरी sms भोट हालेको हाल्यै हुन्छन्, नेपाली क्रिकेट टिमको जितमा नेपालीहरु कति खुशी हुन्छन् ? नेपाली फुटबल टिमले हार्दा एन्फाले जरिवाना नै तिर्न पर्ने गरी तोड्फोड पनि गर्छन्, बुद्ध नेपामा जन्मेका हुन् भनेर फेसबुकमा जे पायो त्यही फोटोहरु पनि शेर गरेका गर्यै हुन्छन् । यस्ता नेपालीहरुलाई कसरी नेपाली भएर नेपालीलाई सपोर्ट नगरेको भन्न मिल्छ ? नेपालीले नजानेको भनेको चुनावमा गएर कुन नेतालाई भोट हाल्ने र कुन नेतालाई भोट नहाल्ने भन्ने कुरा मात्र हो । त्यो पनि नेपालमा चुनाव नै हुँदैन ...

३) विदेशीहरुले आफ्नो देशको मान्छेले बनाएको भिडियोहरु जस्तो भए पनि मनपराउछन् भन्नु .. त्यो त अलि बढी भएन र भन्या ? मैले पनि youtube भिडियोहरु हेरेको छु । तर विदेशीहरुले पनि नराम्रो भिडियोलाई आफ्नै देशको मान्छेहरुले बनाएको भन्दैमा राम्रो भनेको कतै देखिएन ।
वास्तवमा यो प्रविती विदेशीहरुमा कम नेपालीहरुमा बढी छ जस्तो लाग्छ ... कालोलाई कालो र गोरोलाई गोरो भन्ने नसक्ने ... आफ्नो मान्छेले गरेको कामलाई नराम्रै भए पनि राम्रो भन्नु पर्ने नेपालीहरुको बानी (अथवा बाध्यता ?) ... हामीले गर्नुपर्ने अपेक्षा सबैले राम्रै राम्रो भनुन् भन्ने होइन राम्रोलाई राम्रो र नराम्रोलाई नराम्रो भन्नुन् तर शिष्ठ र रचनात्मक शैलीमा भनुन् .... शिष्ट शैलीमा गल्तीहरु औल्याएको कमेन्टले त झन् गल्ती सुधार्ने मौका दिन्छन् ....... यो कुरा चाँही पक्का हो कि 'नेपाल नाच्छ' कार्यक्रमको youtube भिडियोमा गरिएका थुप्रै कमेन्टहरु अत्यन्तै अशिष्ट छन् र भद्दा छन् ...

४) निकी बैनीलाई सुझाव, यस्तो दुई चार जना मान्छेले नराम्रो कमेन्ट गरे भनेर आत्तिनु हुँदैन । आफ्नो प्रयासलाई जारी राख, आफ्नो गल्तीहरुलाई सुधार्ने कोशीस गर .. नराम्रो कमेन्ट गर्ने आँफै राम्रो कमेन्ट गर्न थाल्नेछन् .... 
Read Full Discussion Thread for this article