Posted by: mahoday May 29, 2013
मह जोडि ए एन ए सम्मेलनमा प्रस्तुति देखाउन अमेरिका आउने विजय थापा
Login in to Rate this Post:     0       ?        
                                       मह जोडि ए एन ए सम्मेलनमा प्रस्तुति देखाउन अमेरिका आउने 
 
विजय थापा 
भर्जिनिया ,अमेरिका 
                                         
न्यु योर्क ,अमेरिका ,मे २९ तारिख ,३१ औ ए एन ए (दि एसोसिएसन अफ नेपालीज इन अमेरिका ) सम्मेलनको सांस्कृतिक कार्यक्रममा एक दशक(झन्डै १० बर्ष ) भन्दा लामो समयको अन्तराल पश्च्यात न्युयोर्कमा सहभागी हुन् नेपालका ख्याती प्राप्त वरिस्ठ हास्य कलाकार द्वय मदन कृष्ण श्रेष्ठ तथा हरि बंश आचार्य (मह जोडी )ले बिशेष प्रस्तुति गर्नु हुने ए एन ए सम्मेलनका संचार संयोजक सुर्य थापा द्वारा जारी गरिएको छापा बिज्ञप्ति मार्फत जानकारी गराएका छन् l
 
उक्त छापा बिज्ञप्तिमा थप जानकारी गराउदै ३१ औं एएनए सम्मेलन बिगतका सम्मेलन भन्दा हरेक तरिकाले फरक र ऐतिहासीक बनाउने सन्दर्भमा आयोजक समिती लागिरहेको थापाले उल्लेख गरेका छन् l मह जोडिले यस पटकको एएनए सम्मेलनमा फरक प्रकारको प्रस्तुती लिएर आउन लाग्नु भएको उल्लेख गर्दै यस पटकको भ्रमणमा मात्र एएनए सम्मेलनमा कार्यक्रम प्रस्तुत गर्ने जानकारी समेत संचार संयोजक सुर्य थापाले जनाएका छन् l आधा, आधा घण्टाको फरक प्रस्तुती रहने कार्यक्रम जुलाई ४, ५ र ६ को सास्कृतिक कार्यक्रममा प्रस्तुत गरिने जनाईएको छ । 
 
यस पटकको एएनए सम्मेलनको लागि अमेरिकामा रहनुभएका नेपाली कलाकारहरु मार्फत पनि बिशेष प्रस्तुतीको तयारी समेत भइरहेको छ भने नेपालबाट अन्य केहि कलाकाहरु पनि थप हुने सम्भावना रहेको जनाईएको छ  । मह जोडी यस अघि अमेरिकामा कार्यक्रमको लागि ए एन ए मार्फत आएका थिए भने तत्कालिन समयमा अमेरिकाको बिभिन्न राज्यहरुमा कार्यक्रम प्रस्तुत गरेका थिए l 
 
Read Full Discussion Thread for this article