Posted by: _____ May 27, 2013
संसारमा जहाँ पुगे पनि छुटेन नेपालीको बानी
Login in to Rate this Post:     0       ?        
 

बेल्जियममा भीम रावलको कार्यक्रममा प्रहरी हस्तक्षेप

संसारमा जहाँ पुगे पनि छुटेन नेपालीको बानी


 

१३ जेठ, बेल्जियम । नेकपा एमालेका नेता भीम रावलले सम्बोधन गरिरहेको कार्यक्रममा नेपालीहरुले नै कालोझण्डा देखाउने र नाराबाजी गरेपछि बेल्जियम प्रहरीले कार्यक्रममा हस्तक्षेप गर्नुपरेको छ । एमाले भातृ संगठन नेपाली लोकतान्त्रिक मञ्च, (एनडिएफ) बेल्जियमको अधिवेशनमा आइतवार प्रमुख अतिथिको रुपमा भाग लिन पुग्नुभएका रावललाई आदिवासी जनजाती महासंघका कार्यकर्ताहरुले कार्यक्रम स्थलमै कालोझण्डा देखाएर विरोध गरेका थिए ।

bhim-rawal

अधिवेशनमा रावलले भाषण गरिरहेकै वखत ‘भिम रावल मुर्दावाद, संघियता विरोधी मुर्दावाद, भनेर नारा र जुलुस गरेपछि स्थीति तनावपूर्ण भएको थियो । आक्रमक भीडलाई नियन्त्रणमा लिन सक्ने अबस्था नदेखेपछि आयोजकले प्रहरी गुहार्नुपरेको थियो । मुलुकको पूर्व गृहमन्त्री उपस्थित रहेको र बेल्जियमस्थित नेपाली राजदूत राममणि पोखरेलसमेत सहभागी रहनुभएको कार्यक्रममा जातीय बिषयलाई लिएर नेपाली-नेपालीवीच झडपको अबस्था आउँदा स्थानीय प्रहरी गुहार्नुपर्ने लाजमर्दो अबस्था आएको हो ।
 


कार्यक्रम स्थलमा जनजातिले छरेको पर्चा

सुरुमा एमाले कार्यकर्ताहरुले जनजाती कार्यकर्तालाई बाहिर निकाल्न प्रयास गरे । तर, उनीहरुले मानेनन् । त्यसपछि करिव आधा घण्टासम्म हल तनावपूर्ण भयो । अतिथिको सुरक्षा गर्न नसक्ने अबस्था आएपछि आयोजकले प्रहरी गुहार्नुपरेको छ । आधा घण्टापछि प्रहरी हलमा आइपुग्यो । प्रहरी आएपछि भने कार्यक्रम सुचारु भयो, नाराबाजी गर्ने जनजाती कार्यकर्ता हलबाहिर गए । त्यसअघि नै जनजाती महासंघ बेल्जियमका अध्यक्ष पीजी शेर्पा नेतृत्वको टोलीले एमाले नेता रावललाई संघीयताबिरोधी भन्दै ज्ञापनपत्र बुझाएको थियो ।

केही महिना पहिले नेकपा एमालेकै भातृसंगठन नेपाली लोकतान्त्रिक मंच, -एनडिएफ) पोर्चुगलको कार्यक्रममा प्रमुख अतिथिको रुपमा भाग लिन आएका नेता भीम रावललाई कालो झण्डा देखाइएको थियो । आदिवासी जनजाती महासंघको वाहुल्य रहेको पोर्चुगलमा भीम रावलले विरोध व्यहोर्नु परेपनि उनले सुरक्षाको निम्ति प्रहरी प्रशासन गुहार्न परेको थिएन ।

स्मरणीय कुरा के छ भने बेल्जियममा अधिकांशहरु शरणार्थी आवेदन गरेर स्थायी आवास पाएका छन् । विदेशमा दुःख पर्दा एक नेपालीले एक नेपालीलाई सहयोग र सद्भाव राख्नुपर्नेमा नेपाली माथि नेपालीले नै प्रहरीलाई बोलाएर कारवाही गर भन्नु दुःखलाग्दो कुरा हो । के कारणले प्रहरी गुहार्न पुग्नुभयो भन्ने जानकारी लिन हाम्रा सहकर्मीले बेल्जियममा रहेका नेता भीम रावललगायत एमाले भातृसंगठन अन्तरगत पार्टी निर्वतमान अध्यक्ष तथा बेल्जियम एनआरएनका महासचिव शीव वरुवाल र एनडिएफ निर्वतमान उपाध्यक्ष तथा एनआरएन अन्तर्राष्ट्रिय समन्वय परिषदका सदस्य समेत रहेका अर्जुन कुमार श्रेष्ठलाई सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन । साथै आदिवासी जनजाती महासंघका अगुवा पीजी शेर्पा किन तपाईहरु कालो झण्डा देखाउन आउनुभएको भन्ने जानकारी लिन खोज्दा सम्पर्कमा आउन नचाहेको बेल्जियममा बस्ने संचारकर्मी महेन्द्र पौडेलले बताए ।
 

- See more at: http://www.onlinekhabar.com/2013/05/75237/#sthash.Si07gNUc.dpuf
Read Full Discussion Thread for this article