Posted by: _____ May 23, 2013
बसाइँ हिंडेका बाहुन-क्षेत्रीलाई फर्काउने पहल
Login in to Rate this Post:     0       ?        
 

बसाइँ हिंडेका बाहुन-क्षेत्रीलाई फर्काउने पहल

 
(2 Votes)
 
 
 



ताप्लेजुङ , जेष्ठ ९ -  

संविधानसभा निर्वाचनमा यहाँको २ नम्बर क्षेत्रबाट कांग्रेसका उम्मेदवार बनेका लिंतेप १ का प्रतापप्रकाश हाङ्गाम अहिले एउटा गजबको ध्याउन्नमा लागेका छन् । उनी आफ्नो गाउँबाट बसाइँ हिँडेका बाहुन-क्षेत्रीलाई फर्काउने अभियानमा छन् । २०४६ सालपछि उनको गाविसमा रहेका ६० मध्ये ५९ घर क्षेत्री-बाहुन बसाइँ हिँडिसकेका छन् । 

घरघर गणना गरेर ल्याउँदा मन कुँडिएको बताउँदै उनले अहिले अरू गाउँकालाई पनि बसाइँ नजान आग्रह गर्न थालेका छन् । घरजग्गा छाडेरै तराईतिर हानिएकालाई र्फकन र मिलेर बस्न उनले आग्रह गरिरहेका छन् भने लिम्बू समुदायका मानिसलाई क्षेत्री बाहुनको जग्गा नकिन्न अनुरोध गरेका छन् । हाङ्गामले भने, 'पहिला गाउँघरमा धेरै जातजाति रहेछौं, बाहुनकामा गयो चिया पकाएर दिन्थे, लु आज यसो गरौं भन्दै योजना निकाल्थे, अहिले सबै लिम्बू र शेर्पा समुदायका मात्रै भएछौं, जता गए पनि जाँड खाने, झैझगडा गर्ने विचलन बढिगो ।'

विद्यालयमा जाँदा पनि केटाकेटीले अश्लील शब्द धेरै बोल्दा आफूलाई नरमाइलो लागेको उनले बताए । 'एउटा जातको एउटा चाड, अर्कोको अर्को गर्दा चाडबाडमा पनि रमाइलो हुन्थ्यो, अहिले त नियास्रो लाग्छ,' उनले भने । हाङ्गामले धिताल, गौतम र बराल थरकालाई र्फकन बारबार टेलिफोन गर्ने र तराई झर्दा घरमै गएर अनुरोध गर्ने गरेका छन् 

प्रकाशित मिति: २०७० जेष्ठ ९ ०७:०३

- See more at: http://www.ekantipur.com/np/2070/2/9/full-story/368613.html#sthash.NRoWfdWL.dpuf
Read Full Discussion Thread for this article