Posted by: Rudramati May 16, 2013
कथा– सत्रौं केटी
Login in to Rate this Post:     1       ?         Liked by

‘मलाई राम्ररी थाहा छ म एरेन्ज म्यारिज गर्न गइरहेकी छु। यसैले यो सब कुरा बुझेर आफ्नी छोरी दिने काम मेरा बुवा–आमाको। म यस विषयमा टेन्सनै लिन्न। मलाई उहाँहरूमाथि पूरा विश्वास छ।’

‘के तिमीलाई सन्तानको चाहना छ?’

‘कुन स्त्रीमा नहोला र सन्तानको चाहना?’

‘तर मैले सन्तानको चाहना राखिन भनें!’

‘यो त आपसी सहमतिको कुरा हो नि! एक हातले ताली बज्ने पनि त होइन।’

धन्न उसले यसमा चैं विकल्प खोज्छु भनिनँ।

‘केटो त दसवटा हेरेकी रै’छ्यौ। प्रेम चैं कसैसित गरिनौ?’

‘प्लस टु पढ्दा थियो एउटा। तर प्लस टुका प्रेमहरू प्रायः प्लस टुमै फेल हुँदा रहेछन्। ब्याचलर्स टेक्नै नपाउने।’

‘फिजिकल भयो?’

‘त्यो ब्रेकअपको कारण नै फिजिकल रिलेसनसिप बन्यो।’

‘अर्थात्?’

‘मैले फिजिकल रिलेसनसिप रुचाइनँ, त्यसले मसितको प्रेम रुचाएन।’

‘बिहापछि मैले तिमीलाई सारीबाहेक केही लगाउन पाइँदैन भनें भने?’ प्रसंग बदलें।

‘सक्दो कन्भिन्स गर्छु तिमीलाई।’

‘म त हतपत कन्भिन्स हुने खालको मान्छे होइन नि।’

‘बु‰या छु आजकालका केटाहरूको साइकोलोजी।’

‘के बुझेकी छ्यौ र?’

‘आजकालका लोग्नेमान्छेहरू स्वास्नीलाई सारीमा चैं झन् हेर्नै सक्तैनन्।’

‘त्यसोभए के बिकिनी लगाउँछ्यौ त?’

‘अवश्य लगाउँछु। यदि कुनै बिचमा घुमाउन लग्यौ भने।’

म नहाँसिरहन सकिनँ।

अब उसले मसित प्रश्न सोध्न चाही। अर्कालाई सोध्न त मजै आ’थ्यो। अब आफूलाई सोधिँदा कुन हबिगत हुने हो भोग्न बाँकी थियो।

प्रश्न उसको उत्तर मेरो

‘सोह्रवटी केटीलाई किन रिजेक्ट गर्‍यौ?’

‘सोह्रलाई होइन, आठवटीलाई रिजेक्ट गरें। बाँकीले मलाई नै रिजेक्ट गरे।’

‘मबाट के अपेक्षा छ त?’

‘अठारौंमा जानु नपरोस् भन्ने!’

‘बिहा किन चाहन्छौ?’

‘अर्काको देखासिकी गरेर।’

‘बिहा गरेको छ महिनामै मैले सन्तान जन्माएँ भनें?’

‘दस महिनाअगाडि हाम्रो अफेयर थियो भन्ने सम्झूँला।’

‘जीवन के हो?’

‘म दार्शनिक होइन।’

‘यो प्रश्नको जवाफ त गैरदार्शनिकले पनि दिन्छन् त!’

‘होइन। यहाँ हरेक मान्छे आफूलाई दार्शनिक सम्भि्कन्छ।’

‘हरेक मान्छेभित्र तिमी पर्दैनौ र?’

‘पर्छु।’

‘अनि किन आफूलाई हरेकभन्दा बाहिर राख्न खोज्ने अभिव्यक्ति त?’

‘के मेरो यस्तो किसिमको अभिव्यक्ति आफैंमा दार्शनिक छैन र?’

हाँसोको वातावरण।

‘मैले स्मोक छोड भनें भने।’

‘पहिला कारण सोध्छु।’

‘कारण दिएँ भनें।’

‘म कन्भिन्स हुनुपर्छ।’

‘अब तिम्रै प्रश्न। प्रेम गरेका छौ?’

‘दुइटीलाई घुमाएँ।’

‘अनि फिजिकल?’

‘एउटीसित भयो।’

‘विवाहपछि मैले त्यै विषयलाई इस्यु बनाएर बबाल गरें भने?’

‘म विश्वस्त छु। कम्तीमा यो विषयमा चैं बवाल हुँदैन। बरु तिमी बिहा नै गर्न तयारी नहुँदी हौ।’

‘यत्रो विश्वास?’

‘सोह्रवटी केटी हेरिसक्या छु। केटीमान्छेको साइकोलोजी अलिअलि त बु‰छु।’

‘सोह्रवटी केटी र सत्रौंमा के भिन्नता पायौ?’

‘सोह्रवटीसित यसरी खुलेर कुरा गर्न पाइया थिएन।’

‘किन त्यस्तो?’

‘ठ्याक्कै भन्न सक्तिनँ। सायद यस्तो माहौल र मान्छे नभएर होला।’

‘कस्तो माहौल र मान्छे?’

‘रमाइलो माहौल र फ्र्यांक मान्छे।’

ऊ हाँसी। सम्भवतः मख्ख परी। र इम्प्रेस्ड पनि।

‘कुनै पनि सम्बन्ध मजबुद हुनुको आधार के हुन सक्ला?’

‘विभिन्न सम्बन्धका विभिन्न आधार होलान्। एकैनास हुन्न।’

‘जस्तै कुनै एउटा उदाहरण दिँदा!’

‘जस्तै पति र पत्नीको सम्बन्धकै उदाहरण लिन सकिन्छ। दुवैले एक–आपसको रुचि र उद्देश्य पहिल्याएर त्यसको सम्मान गर्‍यौं भने त्यो सम्बन्ध मजबुत रहला।’

‘यो कुरा त हरेक सम्बन्धको आधार हुन सक्तैन र?’

‘सक्छन्। तर यीबाहेक अरू एक–दुई थप कुरा पनि आधार हुन सक्लान्।’

‘जस्तै?’

‘जुनियर र सिनियरको सम्बन्ध। एउटा सिनियरले जुनियरको रुचि पहिल्याएर त्यसलाई सम्मान गर्नुपूर्व सही र गलतको कसीमा राखेर हेर्नुपर्छ। तर पति पत्नी समयात्री भएकाले र उमेरमा उस्तो धेरै फरक नपर्ने हुनाले मित्रवत् व्यवहार हुनुपर्छ। आजको युगमा उनीहरूबीच नो सिनियारिटी र जुनियारिटी।’

‘एउटा अन्तिम कुरा सोधें है त?’

‘अवश्य।’

‘मेरा गार्जेनले हाम्रो विवाहप्रति असहमति जनाए भने?’

‘अठारौंको खोजी गरौंला।’

‘नाइँ खास भन्न खोजेको के भने सपोज आजको हाम्रो यस वार्तालापमा हामीबीच प्रेम भो तर उहाँहरूले यो विवाह स्वीकार्नु भएन भने भन्न खोजेको।’

‘प्रेमै भो भने त भागौंला नि!’

ऊ हाँसी।

हाम्रो वार्तालाप सकियो। बाहिर अघि हामीलाई एकान्त दिनेले नै हाम्रो एकान्त बिथोले। सप्पै चलाइएको बारुलाको गोलाबाट निस्कने माहुरीझैं हुरुरु भित्र छिरे।

जान चैं एरेन्ज म्यारिजका लागि भनेर केटी हेर्न गएको थिएँ। तर लभ पर्दियो। अब उसको जवाफ कुर्नु थियो। यदि उसले मानी भने म भन्न सक्नेछु हाम्रो लभ म्यारिज हो भनेर।

‘मलाई केटी मन पर्‍यो।’ तिनीहरूको घरबाट बाहिर निस्कँदै गर्दा मैले साथीलाई यही कुरा भनें।

उसले एकपल्ट हाँस्दै भन्यो, ‘उसोभए अब दिदी चैं को बूढासित उसकी दिदीको हात नमागे भो!’

मलाई पनि हाँस उठ्यो।

झरी धेरै नै मन्द भैसकेको थियो।

‘चिया!’ टेबलमा चिया ल्याएर मेरी श्रीमतीले राखिदिई। चस्मा खोलेर एकपल्ट उसलाई हेरें।

अनि भनें, ‘धन्यवाद सत्रौं केटी।’

ऊ मुस्कुराई। अनि भनी, ‘यहाँलाई स्वागत छ दसौं केटा।’

Read Full Discussion Thread for this article