Posted by: namit_thapa May 15, 2013
थुइक्क !!! मरि पो हालेछु (भाग १)
Login in to Rate this Post:     0       ?        
एकछिन अघि सम्म जिउदै थिए। ग्रोसरी गर्न हेब गको थिए। सामान किने, गाडी मा राखे,घर आएर सबै ग्रोसरी भुइँ मै राख्या थिए , फ्रिज मा एक छिन् मा राखुला भनेर। जिउदो हुदा को त् अनुभव नै बेग्लै.. तर अब त्यो सामन कहिले राख्न पाउदिन   फ्रिज मा भएको  बीयर को चुस्की लिन नै। शुक्रबार भनेर दिक्क हुन् पाउछु सोमबार भनेर खुसि हुन् नै। शनिबार सबै जना भेला भएर कल्ब्रेक खेलिन्थ्यो, जित्न त् कहिल्यै जितिन, तर हार्न पनि रमाइलो नै लाग्थ्यो, जिबन मा सधै हारे को हुनाले होला  तर अब त्यो हार पनि छुटी हाल्यो। बाचुन्जेल येस्तै - कुरा हरु  को केहि मतलब भएन , अहिले मर्न पा छैन, मुटु पोल्न थालि सक्यो।  

 

एक छिन् त् , ला अब जिबन जिउन पाउदिन है भनेर घोरि रहे। 

 

"येति चाडै कसरि मरी हालेछु , उमेर तेस्तो भै सक्या थिएन" आफु मरी सके को अझै विश्वास लागे को थिएन। सपना पो हो कि भनेर आफु लाइ चिमोटे। के को सपना हुनु, मर्या पनि सपना हुन्छ काइ ?

 

त्यो कुचुक्क पर्या मान्छे लाइ एक चोटी फेरि हेरे। अनि सुस्त गाला छामे , उठी पो हाल्छ कि भन्ने आश मा। शरीर चिसो हुन थाली सक्या रहेछ बिस्तारै  

 

जिबन मा के के गरौला भन्ने सोचेको थिए, येति चाडै मरी हाले। हुन अहिले सम्म अरु केहि गर्न सक्या त् होइन , शायद केहि गर्ने पने थिइन होला,  तैपनि असन्तुस्टी हुने भै नै  हाल्यो  आखिर मान्छे परे।  जे हुदा पनि चित्तै नबुझ्ने।  जिबन जटिल हुने कारण पनि सायद येही नै होला। होइन भने जिबन चंगा जस्तै हो, हावा को लहर सगै खुला रुप ले उड्नेआकास नै छुन सक्ने गरि। बिना कुनै अबरोध , बिना कुनै छेकाई, धागो नकाटीय सम्म। मेरो धागो चाही आज काटिएछ।   

 

लामो सास तानेर वरी परि हेरे। अब चाही मन अलि स्थिर भै सक्या थियो। छेउ मा सोन पापडी को बट्टा देखे।

"अस्ति भर्खर ४० मिनेट ड्राइव गरेर किनेर ल्याको। यो पाली झन जम्बो किन्या , २४ वटा भा। १२ वटा जति दिन मै सके। अब चाई अलि बचाई बचाई खानु पर्यो भनेर बिहान मात्र खा।"

 

"खाइ हाल्नु पर्ने रैछ , गल्ति गरिएछ" त्यो बट्टा देखे पछि  मन फेरि थल थल थल भयो। 

 

"खै एती का बेर सम्म, मलाई लिन कोइ आएनन त। यमराज वा यमदुत आउछ भन्थे. को आउने होला खै " मन मनै सोचे अनि प्ल्याक पुलुक यता उति हेरे।

क्रमश:


Last edited: 15-May-13 08:51 PM
Read Full Discussion Thread for this article