Posted by: Bornto_Rise May 13, 2013
What A D*CK
Login in to Rate this Post:     0       ?        
 

लोकमानले हप्काएपछि सुवेदीले हटाए फेसबुकबाट कार्कीको नियुक्तिपत्र र फोटो

 

अख्तियारका प्रमुख आयुक्त लोकमानसिंह कार्कीको हप्काइपछि राजश्व अनुसन्धान विभागका उपसचिव भरत सुवेदीले आफ्नो फेसबुकबाट कार्कीको नियुक्तिपत्र हटाएका छन् । सुवेदीले कार्कीसँग खिचाएको फोटो पनि हटाएका छन् ।

अख्तियार स्रोतका अनुसार राष्ट्रपति कार्यालयका अधिकारीले आपत्ति जनाएलगत्तै कार्कीले सुवेदीलाई हप्काएपछि सुवेदीले आइतबार (वैशाख २९) नियुक्तिपत्र हटाएका हुन् ।

सुवेदीले चार दिनअघि आफ्नो फेसबुकमा राष्ट्रपतिले कार्कीलाई दिएको प्रमुख आयुक्तको नियुक्तिपत्रको कपि हालेका थिए ।

अर्थ मन्त्रालय अन्तर्गत सर्वाधिक आकर्षक मानिने राजश्व अनुसन्धान विभागका निर्देशक सुवेदीले आफ्नो पहुँच देखाउन फेसबुकमा कार्कीलाई बधाई दिने क्रममा खिचाएको फोटोसमेत राखेका थिए । फोटोमा कार्कीले दौरासुरुवाल मात्र लगाएका छन् ।

शीतलनिवास स्रोतका अनुसार राष्ट्रपतिले दिएको नियुक्तिपत्र अनाधिकृत व्यक्तिको फेसबुकमा सार्वजनिक गरेर राष्ट्राध्यक्षको अनादार भएको ठानी आपत्ति जनाइएको हो ।

‘हामीले लोकमानलाई सतर्क गराएका थियौं,’ स्रोतले भन्यो, ‘फेसबुकबाट नियुक्तिपत्र र फोटो हटेछ ।’ 

अख्तियारस्थित प्रहरी स्रोतका अनुसार ‘नियुक्ति पत्र र फोटो तुरुन्त हटा’ भनी कार्कीले सुवेदीलाई हप्काएका थिए । सुवेदीले अर्थमन्त्री शंकर कोइरालासँगको फोटो पनि हटाएका छन् ।

राष्ट्रपति कार्यालयले राष्ट्राध्यक्षबाट नियुक्ति पाउने व्यक्तिले नै पदको मर्यादा जोगाउनुपर्ने बताएको छ । ‘राष्ट्रपतिले दर्जनौं व्यक्तिलाई उच्च ओहोदाको नियुक्तिपत्र दिइसक्नुभएको छ,’ राष्ट्रपतिका प्रेस सल्लाहाकार राजेन्द्र दाहालले भने, ‘सौभाग्यवश सबैले त्यसको मर्यादा राखेका छन् ।’

उनले राज्यले योग्य सम्झेको पात्रलाई राष्ट्रपतिले नियुक्ति दिने बताउँदै आफ्नो ओहोदाको मर्यादाभित्र रहनु कार्कीकै जिम्मेवारी भएको बताएका छन् । ‘राष्ट्रले सही पात्रलाई रोजेको ठानेर नियुक्ति दिनुबाहेक राष्ट्रपतिको भूमिका हुँदैन,’ दाहालले भने ।

नियुक्तिपत्र र बेडरुमको तस्बिर सार्वजनिक गरेर होसियारी नपु¥याएको भनी कार्कीले पटकपटक सुवेदीलाई हकारेको जानकारी पारिवारिक स्रोतले पनि दिएको छ ।

‘माला बोकेर आइस् । कोट लगाउन नभ्याउँदै माला लगाइदिइस् । फोटो खिचिस् । फेसबुकमा छापिस् । लौ ठिकै छ भनेँ,’ कार्की–सुवेदी संवाद उद्धृत गर्दै पारिवारिक स्रोतले भन्यो, ‘टेबुलमा रहेको नियुक्तिपत्रको फोटो खिचेर कसलाई खोजेर फेसबुकमा छापिस् ?’

त्यसपछि सुवेदीले माफी मागे, ‘आइन्दा यस्तो गल्ती गर्दिन ।’

Read Full Discussion Thread for this article