Posted by: Max Rossa May 13, 2013
खिरारे सरकार निरंकुश
Login in to Rate this Post:     0       ?        

हरेक निरंकुश सरकार जस्तै खिरारे सरकारले पनि प्रेस र अभिव्यक्ति स्वतन्त्रता माथि धावा बोलेको छ । विजयकुमारको लेखले अहिलेको न्यायलयको बेथिति बोलेको छ । बौद्धिकता, ज्ञान र दर्शन झल्किने विजयकुमारको लेख पढेर प्रधानन्यायाधिश रहिसकेका वर्तमान प्रधानमन्त्री खिलाराज रेग्मीले त्यसबाट केही ज्ञान लिन सक्थे । तर उनले अदालतको मानहानी भएको पो देखेछन्, त्यति साधगीपूर्ण र सभ्यभाषामा लेखिएको लेखलाई उनले स्वतन्त्र न्यायलयको शत्रु ठानेछन् । प्रकृतीको नियम बाहेक मानवनिर्मित कुनै पनि नियमले काम गर्न छोडेको नेपालमा आवाजविहिनहरुको आवाजबोल्नेको कलम निमोठ्ने प्रयास भएको छ नेपालमा विजयकुमार पाण्डे र कान्तिपुर प्रकाशन प्रालिमाथि मुद्दा हालेर । खिरारे सरकारको आयु सकिन लाग्यो, यसले प्रेसलाई चलाएर आत्महत्याको बाटोतर्फ लाग्यो भनेर म भन्दिन तर नेपालमा एउटा ब्यापक आँधिबेहरीको खाँचो छ, एउटा ठूलो उथलपुथलको खाँचो छ, जसपश्चात नेपाली जनता माओवादी निरंकुशता, ज्ञानेन्द्रशैलीको अधिनायकवाद, अनि भ्रष्ट कांग्रेस एमाले शैलीको यथास्थितिवादबाट मुक्त होउन् । 
Read Full Discussion Thread for this article