Posted by: Rahuldai May 12, 2013
Login in to Rate this Post:
1
?
Liked by
त्यसो त मनु दाई को धेरै कथा -लघु कथा पढेको छु तर यो पढेको थिएन वा बिर्सेको हुन सक्छु . सम्भवत उहाँ को प्रख्यात कृति -"तिम्रो स्वास्नी र म " मा यो समाबेश छैन . आफु पनि सरकारी जागिरे जिन्दगीमा अनेक हण्डर ठण्डर खाएर खण्डहर भएको मान्छे , मन छोयो .
अमेरिका आएको केही समय मै एक जना भलादमी भेट भयो. बाउ नगरपालिका को हाकिम देखि सिडियो समेत भएको. निजी खर्च मा बांग्लोरमा एरोनटिक इन्जिनियर पढ्न बाउ ले पैसा दिएको . चिट्ठा परेर यता आएको .
परिचय को सिलसिलामा मैले पनि नगरपालिकामा काम गरेको थिएँ, के भनें - " त्यसो भए तपाईं ले पनि टन्नै घुस खानु भयो होला है " घोची हाल्नु भयो . सम्भवत उहाँ ले " तपाईं ले मेरो बुबाले जस्तै टन्नै घुस खानु भएको होला " भन्न खोज्नु भएको हुनु पर्छ .
परबरिश र परिवेशले मान्छे को चरित्र निर्धारण गर्दछ . जागिर इजिकल्तु घुस , उहाँ बुझाइ , त्यै महान कार्य , अन्यथा बाउ ले नालायक छोरोलाई इन्जिनियर बनाउन कहा सक्नु हुन्थ्यो.
" मैले पनि बिनम्र भाव मा भनें - हो टन्नै खाएँ-त्यै भएर ४० बर्ष को उमेर मा जी आर इ दिएर स्कोलार्शिप मा अमेरिका अध्ययन मा आएको . चिट्ठा परेन नत्र त्यो घुस खाएको पैसा ले अमरिकामा ग्यास स्टेशन किन्नु हुन्थ्यो "
उनले के बुझे मलाइ थाहा भएन तर मैले उनलाई राम्रो संग चिनें.... बुझें .... आज यहाँ पनि तिनकै जय जय छ . छिमेकीहरुको चहते छिमेकी ....