Posted by: Bishnu Gautam May 7, 2013
एकादेशको कथा ( भाग दुई )
Login in to Rate this Post:     0       ?        
.....घर मालिक भनौं वा त्यस परिवारकी नेतृत्वकर्ता २२ दिनकी सुत्केरी ढोकामा उभिईन् दैलोमा उभिएर उनी बाटो भन्दा पनि लाज छेक्दै थिईन् सिलवालजीको अनुरोध पश्चात् उनले वास दिने निर्णय गरिन् हुन्छ भने लगत्तै उनका सामु अर्को प्रश्न तेर्सियोपाहुनालाई राख्ने चाँही कहाँ ? नौ जना जन्मिएकोमा जनाको मृत्यु भएपनि बच्चा लहरै सुतेका थिए सामल खोज्न गएका बाउ अनि २२ दिनकी सुत्केरी उनी बल्लतल्ल अटाउने त्यो झुप्रोमा सिलवालजीका लागि ठाउँ बनाउनु निकै मुश्किल थियो तर पनिमर्ता क्या नहि कर्ताभने झैं सिलवालजी बलेसीको आडमा अडिए । विहानैदेखी उकालो चढेका उनीे, थकाईले चुर थिए ढुंगा विछ्याएर भित्तामै अढेस लागे उनको पेटले सामल माग्यो जुन त्यहाँ थिएन बरु हिजैको सामलले दिएको शक्तिलाई पनि क्षिण पार्न गोटा दशेक जुकाहरु औंलाका कापैपिच्छे होडवाजी गर्दै उनको रगत दहन गर्न थाले बाटाभरि त्यो घरमा समेत देखेको दृष्यले गर्दा उनलाई आफुसँग भएको चाउचाउ झिकेर खाईहाल्न पनि मन लागेन केही बेरमा सामलको जोहो गर्न गएका घरभेटी कन्दमुलका जरालहरा बोकेर भित्रिए भोकले दाम्रिएको भुँडि लिएर सुतेका बच्चाहरु ¥याकजुरुक उठे खान पाइने आशाले तिनका अनुहार उज्यालिए मानों उनीहरुले ठूलै युद्ध जितेका छन् तिनको अनुहारले मेरा मित्रलाई «वित बनायो आफ्नो साथमा लगेका चार प्याकेट चाउचाउ उनले तिनैलाई दिए उनलेलौ यो पनि खाऊभनेर भनिदिँदा ती बच्चाको जगत हल्लियो लाग्दैथियो उनीहरु विश्वका किर्तिमानीहरु थिए जेठको महिना थियो त्यो त्यहाँ टन्न पेट ढिंडो खान भदौको मकै कुर्नुको विकल्प थिएन जसले भदौदेखी मंसिरसम्म मकैको जोहो गर्न सक्छ, त्यो ठाउँको साहुजी नै ठहर्छ जसोतसो महिना मकै खाएर महिना कन्दमुलले बाँच्नु उनीहरुको संस्कार नै बनेको सिलवालजीले चाउचाउ दिए तर त्यसले घरभेटीको आत्मसम्मानमा चोट ¥यो आफ्ना बचेराहरुको ख्याल गर्ने शुभचिन्तक पाहुना करेसामा भोकै थिए उनले केहीबेरमा पाहुनालाई सोधेसर हजुरले ज्युनार गर्नुभो ? उनले भनेगरें तर त्यति पवित्र मनको मालिकले बुझिहाल्यो कि उनले खाएका थिएनन् भनेर फेरि बोल्नु जरुरि ठानेनन् उसले बरु बसेराबाट तलतिर हिंड्यो साढे नौ बजे एउटा पराले ढकियामा पाथी जति पिठो बोकेर फर्कियो तर पकाउने के मा ? अर्को समस्या देखियो उसले निर्धक्क भन्योयो आरी (माटोको भाँडो) मा पकाएको ज्यूनार होला है त्यो निश्वार्थ मायाले मन्त्रमुग्ध भएका सिलवालजीले भनेदाइ ठिक , मलाई चल्छ भोलिपल्ट उनले सय रुपियाँ दिन खोज्दा ती घरभेटीले लिन मानेनन् भनेपाहुनासँग दाम लिँदा पाप लाग्छ, लिन्न त्यसपछिको यात्रामा सिलवालजी लगायत थप साथी थिए जनाको मृत्यु भएको एउटा सानो बालक अवशेषको रुपमा रहेको घरमा सबै पुगे स्थानिय शिक्षक बालकृष्ण पनि त्यहाँ पुग्नुभयो सबैको जिज्ञासालाई समाधान गर्दै उहाँले दारुणिक वृतान्त वताउनुभयोत्यस दिन बा आमा भदौको मकै पिस्नुपर्छ भनेर घट्ट मर्मत गरेर घर फर्कदै थिए घरमा भएका जना छोराछोरी भोकै छन् भन्ने सम्झेर मातापिताको मन «वित भयो उनीहरुले जङ्गलमा केही कन्दमुल खोजेर लग्ने निधो गरे खोज्न पनि थाले तर केही पनि फेला परेन केबल एउटा ठूटोमा झपक्क फलेको च्याउ देखियो बुढा खुशि हुँदै च्याउ टिप्न थाले बुढीले आत्तिदै भनिन्त्यो विषालु च्याउ हो, नटिप तर बुढाले जिद्धि गरे भनेआज मैले अर्कै आँट गरेको छु सर्पको विष फुकेर झर्छ, यो च्याउको बिष सजिलै झार्छु अझै विष नझारी अरुलाई सरेमा उसैलाई फुकेर विष झार्छु बुढीले जोखिम नलिन बिन्ति गर्दै भनिन्क्यै गरी विष झरेन भने मरिन्छ नि उनले टेरेनन् विषालु भन्ने जान्दाजान्दै बोकेर घर गए पकाउँदै गर्दा सामल जोहो गर्न गएको जेठो छोरो आईपुग्यो उसले पनि बिरोध ¥यो, खान्न भन्यो तर बाबुले मानेनन् १७ महिनाको छोरो बाहेक सबैले आखिरमा त्यो च्याउ खाए परिणाम केही ढिलो गरी देखिएपनि भोलिपल्ट बिहान जना बच्चाको मृत्युबाट गोता शुरु भएछ पुनः दिउँसो जना बुहारी बिते अस्पताल समयमै पुग्न÷पु¥याउन सकिएको भए कोही बाँच्थे होला कि ? तेश्रो दिनमा बालकृष्ण सरले ऋणपान गरेर बाँचेका जनलाई अस्पताल पु¥याए तिनजना अस्पतालमै बितेछन् पर्सिपल्टै घरमा बुढी आमै बितिछन् अलि कम च्याउ खाएको जेठो छोरालाई बालकृष्ण सरले ऋणमा चुर्लुम्मै डुबेर भए पनि बचाउन सकिएला कि भनी पाटन अस्पतालसम्म पु¥याउँदा पनि केही सीप लागेनछ जिवित १७ महिने बालक कसैको सहयोगले एसओएसमा पुगेको
Last edited: 07-May-13 11:24 PM
Read Full Discussion Thread for this article