Posted by: bittertruth April 28, 2013
Beware Finance Scam
Login in to Rate this Post:     0       ?        
meanwhile in Nepal,

ढुकुटी खेल्दा मेरो काल निम्तियो:चर्चित लोकगायिका(ढुकुटी काण्ड)

Srijana-Thaoaलोकगायिका सिर्जना बिरही थापा पक्राउ परेलगत्तै ढुकुटी कारोवारमा संलग्न कलाकारको भागाभाग सुरु भएको छ । लामो समयदेखि यसमा संलग्न करिब एक दर्जन कलाकारमा अहिले खैलाबैला मच्चिएको छ । कतिपय कलाकार करोडौं डुवाएपछि महिनौंदेखि सम्पर्कबिहीन छन् । यी कलाकारले आफुआफूमा र अन्य धनाढ्यहरुसँग ढुकुटी खेल्दै आएका थिए । ढुकुटी डुबेपछि कतिपयबीच भेटघाट र बोलचाल समेत बन्द छ । गायिका सिर्जना बिरही थापाले केही कलाकारलाई ढुकुटीको रकम तिर्न कागज गराएलगत्तै सुरु भएको भागाभाग उनी पक्राउ परेपछि झन् बढेको छ । लोक, आधुनिक गीतका म्यूजिक भिडियोमा अभिनय गर्ने र म्यूजिक कम्पनी चलाउनेलाई ढुकुटीले उठीवास लगाएको छ । थापाजस्तै याम क्षेत्री, कर्ण चापागाइँ, प्रज्ञा जोशी, करण न्यौपाने, रामजी खाँड धेरै ढुकुटी कारोवार गर्ने कलाकारमा पर्छन् । लोक, आधुनिक र म्यूजिक भिडियोबाट नाम र दाम कमाएका कर्ण चापागाइँ ढुकुटी डुवेपछि बेखवर छन् । काठमाडौमा घडेरी किन्न ठिक्क परेका चापागाइँ पनि सिर्जनासँगै ढुकुटी खेल्ने कलाकारमा पर्छन् । सिर्जनाले आफ्नो ४० लाख रुपैयाँ तिर्न बसुन्धराको एउटा पार्टी प्यालेसमा चापागाइँलाई कागज गराएपछि उनी सम्पर्कबाहिर छन् । पछिल्लो समयका चर्चित लोक गायक रामजी खाँडले गीत गाएर कमाएको करिव १५ लाख रुपैयाँ ढुकुटीमा डुवाएको श्रोतको दावी छ । घिन्ताङ म्यूजिक कम्पनीका सञ्चालक करण न्यौपाने ५० लाख डुवाएपछि विदेशतिर लागेका छन् ।

Read Full Discussion Thread for this article