Posted by: biwash prawashi April 23, 2013
तीन लाख डलर क्षतिपूर्ति माग
Login in to Rate this Post:     0       ?        
 http://www.kantipuronline.com/nep/2070/1/11/full-story/366815.html


तीन लाख डलर क्षतिपूर्ति माग

 
 
 
 
himal Sharma
 

काठमाडौ, वैशाख ११ - अखिल क्रान्तिकाका अध्यक्ष हिमाल शर्माले सशस्त्र युद्धका बेला राज्यले करिब २७ महिना बेपत्ता पार्ने क्रममा चरम यातना पाएको उल्लेख गर्दै क्षतिपूर्तिको मागसहित राष्ट्रसंघीय मानव अधिकार समितिमा उजुरी दर्ता गरेका छन् । स्वीट्जरल्यान्डको जनेभास्थित ट्रायल संस्थाको सहयोगमा उजुरी दर्ता गराएको शर्माले जानकारी दिए ।

राज्यले बेपत्ता बनाएको र त्यस क्रममा भैरवनाथ गणमा दिइएको यातना राज्यले स्वीकार गर्नुपर्ने उनले बताए । 'राज्यले मलाई २७ महिना बेपत्ता बनाएको स्वीकार गर्नुपर्छ' उनले भने, 'भैरवनाथ गणमा मलाई अमानवीय यातना दिएको हुनाले न्याय पाउनुपर्‍यो ।' उनले निवदेनमा तीन लाख अमेरिकी डलर क्षतिपूर्ति माग गरेका छन् । उनले भैरवनाथ गणमा आफूलाई करेन्ट लगाएर यातना दिँदा संवेदनशील अंगमा क्षति पुगेको बताए ।

निवेदनमा शर्मा र उनकी श्रीमतीले भोग्नु परेको गम्भीर मानवअधिकार उल्लंघनबारे खोजी तथा अनुसन्धान गर्न र कारबाहीका लागि नेपाललाई अनुरोध गर्न राष्ट्रसंघीय समितिसमक्ष माग छ । त्यसबेला बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग गठनसम्बन्धी अध्यादेशमा भएको क्षमादानसम्वन्धी प्रावधान हटाउने आह्वान गर्नसमेत माग गरिएको छ । शर्माले पहिले राज्यले बेपत्ता र यातना दिएको स्वीकार गरेपछि मात्र मेलमिलापको कुरा हुने बताए । धेरै लामो समयको प्रयासपछि राष्ट्रसंघीय मानअधिकार समितिमा उजु दर्ता गरेको उनले जानकारी दिए ।

प्रकाशित मिति: २०७० वैशाख ११ १२:०५ 

 
Read Full Discussion Thread for this article