Posted by: ashishme April 8, 2013
'झुक्याएर बिरेन्द्रको काट्टो खुवाएछन्’
Login in to Rate this Post:     0       ?        

भुवन शर्मा/नयाँ पत्रिका
काठमाडौं, २५ चैत
राजा वीरेन्द्रको काट्टो खाने ब्राह्मण स्व. दुर्गाप्रसाद सापकोटाको परिवार त्यो घटना सम्भिmन चाहँदैनन् । घटनाको ११ वर्षपछि दुर्गाप्रसादकी ब्राह्मणी ईश्वरी सापकोटाले आफ्नो कान नसुन्ने श्रीमान्लाई झुक्याएर काट्टो खुवाइएको दाबी गरेकी छिन् ।
'उहाँले कान सुन्नुहुन्नथ्यो । झुक्याएर काट्टो खुवाएछन् । पछि थाहा भयो,' ६८ वषर्ीया ईश्वरीले नयाँ पत्रिकासित भनिन्, 'मेरो परिवारलाई यसले कहिल्यै नमेटिने दाग लाग्यो । जे हुनु भइहाल्यो तर अब यो घाउ कोट्याउन चाहन्न ।'
दरबारमा १९ जेठ ०५८ मा भएको हत्याकाण्डमा तत्कालीन राजा वीरेन्द्रको वंशनाश भएको थियो । पुरानो प्रचलनअनुसार दुर्गाप्रसादलाई स्वर्गीय राजाको काट्टो खुवाएर चार भञ्ज्याङ कटाइएको थियो । ज्ञानेन्द्रको परिवारले पशुपति मन्दिरनजिकै बस्ने दुर्गाप्रसादलाई काट्टो खुवाएको थियो । तर, त्यतिवेला नै उनको मानवअधिकार हनन भएको विषयमा तीव्र विवाद भयो । थानकोटको डाँडो कटाइएका दुर्गाप्रसाद केही दिनमै सुटुक्क घर फर्केका थिए ।
आठ वर्षअघि २२ कात्तिकमा -स्वर्गीय रानी ऐश्वर्याको जन्मदिन) दुर्गाप्रसादको निधन भएको थियो । काभ्रेको पाँचखाल स्थायी घर भएका दुर्गाप्रसादको परिवार अहिले तिलगंगा आँखा अस्पतालनजिकै बस्ने गर्छ । श्रीमान्लाई काट्टो खुवाउँदा आफ्नो परिवार समाजमा अपहेलित र अपमानित हुनुपरेको ईश्वरीको दुखेसो छ ।
वीरेन्द्रको काट्टो खाएयता दुर्गाप्रसादले एकपटक पनि ज्ञानेन्द्रको परिवारलाई भेट्न पाएनन् । उनको निधन भएपछि उनका परिवारले पनि ज्ञानेन्द्रसँग भेट्न पाएका छैनन् । त्यतिवेला अपमान सहेको आफ्नो परिवारलाई बेवास्ता गरेकोमा ईश्वरीको ज्ञानेन्द्र परिवारप्रति ठूलो गुनासो छ ।
काट्टो खाएपछि तत्कालीन राजपरिवारले दुर्गालाईर् १९ हजार रुपैयाँ दिएको थियो । त्यसबाहेक वीरेन्द्रका केही लुगाहरू दुर्गाको परिवारलाई दान गरियो । तर, दुर्गा र उनको परिवारको विषयमा ज्ञानेन्द्रको परिवारले कुनै सोधखोज गरेन । यतिसम्म कि दुर्गाको निधन हुँदा पनि ज्ञानेन्द्रको परिवारले चासो राखेन । श्रीमान्को निधन भएपछि काजकिरिया गर्न झन्डै डेढ लाख खर्च हुँदा पनि ज्ञानेन्द्रको परिवारले केही चासो नराखेको ईश्वरीले बताइन् ।
ईश्वरी र उनको परिवारका सदस्यहरू दुर्गाले वीरेन्द्रको काट्टो खाएको घटना बिर्सन चाहन्छन् । तर, वीरेन्द्रको केही चिनो भने उनीहरूले आप\mनो घरमा जतनले राखेका छन् । घरको भित्तामा वीरेन्द्रको फोटो टाँगिएको छ । वीरेन्द्रले लगाएको कोट, घडीलगायतका केही सामानहरू पनि उनीहरूका घरमा सुरक्षित छन् ।
वीरेन्द्रको वंशनाश हुने वेला प्रधानमन्त्री रहेका गिरिजाप्रसाद कोइरालासँग पनि दुःखी छिन् ईश्वरी । कोइरालाले पनि आफू र आप\mनो परिवारलाई वास्ता नगरेको उनको गुनासो छ ।
दरबारको रेकर्डमा भएको जानकारीअनुसार राजा वीरेन्द्रको निधन भएको ११औँ दिनमा राजाकै भेषभूषा र श्रीपेचसमेत लगाई हात्तीमा चढाएर सुसारे र सहयोगीसहित दुर्गाप्रसाद सापकोटालाई बिदा गरिएको थियो । दरबारको रेकर्डअनुसार उनलाई सिँगारपटार र लुगाफाटोबाहेक ४० हजार १२ रुपैयाँ दस्तुर दिइएको थियो । हात्ती चलाएबापत माउते र सहयोगीलाई पनि उत्ति नै दान दिइएको रेकर्डमा छ ।


काट्टोको २१ हजार कसले खायो ?

दरबारको रेकर्डअनुसार काट्टो खाएबापत दुर्गाप्रसाद सापकोटालाई ४० हजार १२ रुपैयाँ दिइएको थियो, जसमा ः
चढाइएको हात्ती फिर्ता गरेबापत २० हजार २ रुपैयाँ
घोडाबापत २ हजार २ रुपैयाँ
जमिन दानबापत ५ हजार २ रुपैयाँ
घरदानबापत १० हजार २ रुपैयाँ
दासदासीबापत १ हजार २ रुपैयाँ र
सेफमा राख्न २ हजार २ रुपैयाँ
तर, सापकोटाको परिवारले १९ हजार मात्र पाएको दाबी गरेको छ, प्रश्न उठेको छ- काट्टोको २१ हजार कसले खाएछ ?
 

नीराजनलाई किट्क्याट र चुरोट

राजा वीरेन्द्रको वर्ष दिनको काममा दानका लागि तत्कालीन राजा ज्ञानेन्द्रले केही सामान दिएका थिए । मृतकले सबैभन्दा धेरै मन पराउने र प्रयोग गर्ने सामान दानका रूपमा दिने प्रचलनअनुसार ज्ञानेन्द्रले यी सामान दिएका थिए । दरबारको लेखा स्रेस्तामा उल्लेख भएअनुसार वीरेन्द्रका कोट, इष्टकोट, थ्री-पिस सुट, ज्याकेट, बि्रफकेस, जुत्तादेखि भित्री पोसाकसम्म दिइएको थियो । वीरेन्द्रको पावरवाला चस्मा पनि दुर्गाप्रसादले पाएका थिए ।
त्यस्तै, पूर्वरानी कोमलले वीरेन्द्रका नाममा युनिभर्सल घडी र टाइमा लगाउने पिन वृद्ध ब्राह्मणलाई दिएकी थिइन् । ऐश्वर्यले मन पराउने सामान भन्दै उनले भ्यानिटी केस पनि दान गरेकी थिइन् । निराजनका लागि किटक्याट चक्लेट र शिखर चुरोट दान गरेको देखिन्छ । दीपेन्द्रको वाषकिर् श्राद्धमा उनैले लगाउने गरेको 'डी' अक्षर लेखिएको १ तोला ९ आना १ दाम सुनको सिक्री, तीन तोला सुनको ब्रासलेट, मार्लबोरो लाइट चुरोट पनि दान गरिएको थियो । आठ वर्षअघि दुर्गाप्रसादको निधन भइसकेको छ, उनका परिवारले भने दरबारबाट कुनै सहयोग नपाएको गुनासो गरेको छ ।
 

खुसी बनाएर खुवाइएको हो

डा. माधव भट्टराई
अध्यक्ष, पञ्चांग निणर्ायक समिति
हिन्दूधर्ममा स्वर्गारोहण भएको एघारौँ दिनमा काट्टो खुवाउने परम्परा छ । काट्टो भनेको एघारौँ दिनमा बाहुनलाई खुवाउने खाना हो । यसमा अरू केही मिसाइएको हँुदैन । मिसाइएको भनेर जसरी हल्ला गर्ने गरिएको छ, त्यो निराधार हो । एघाराँै दिनमा भोजन गर्ने बाहुनलाई कर्ताले मीठो परिकारका भोजन खुवाएर सन्तुष्ट पार्नुपर्छ भन्ने धार्मिक मान्यता छ । त्यस दिनको दान पनि कडा दान हो । यो दानलाई पचाउन गाह्रो हुन्छ भन्ने धार्मिक मान्यता छ । त्यसैले यसलाई काट्टो भनिएको हो ।
काट्टो खुवाउने बाहुनलाई डाँडा कटाउने भन्ने पनि होइन । एघारौँ दिनमा भोजन ग्रहण गरेको बाहुनले अरू कर्मकाण्ड गर्नु त्यति उपयुक्त मानिँदैन । त्यसैले त्यस बाहुनलाई डाँडा कटाउनुपर्छ भन्ने गरिएको हो, डाँडै कटाउने भन्ने होइन । नेपालका केही क्षेत्र खासगरी तराईको केही ठाउँमा काट्टो खाने बाहुन छुट्टै हुने गरेका छन् । उनीहरूले काट्टो मात्र खान्छन् । अरू दिनको कर्मकाण्ड अरू बाहुनले गर्छन् ।
स्वर्गवासी वीरेन्द्रको निधनमा भएको एघाराँै दिनमा काट्टो खाने बाहुनलाई बकाइदा साथ खुसी बनाएर खुवाइएको हो । झुक्याएर खुवाइएको होइन । उनलाई बोलाएर तपाईंले काट्टो खानुहुन्छ कि हुन्न, यति दक्षिणा तपाइर्ंलाई दिन्छौँ भनेर भनिएको थियो । उनले पनि त्यसमा सहमति जनाएका थिए । उनलाई डाँडा कटाइएको पनि होइन ।

Read Full Discussion Thread for this article