Posted by: Nissant April 6, 2013
kura garau !
Login in to Rate this Post:     0       ?        
 उनिहरु मसंग ओबामा मै हु जसरी राजनीतिका कुरा गर्छन,पढाईका कुरा मानौ म नै प्रोफेसर हु ,पत्ताका कुरा मानौ अमेरिकी सरकारको पत्ता बाड्ने जिम्मा मैलेनै पाएको छु l 
मैले भने , कहिले कहिँ पेट दुखेको कुरा गरौ। जरो आको कुरा गरौ। टोइलेट flush नगरेको कुरा गरौ। कलेज जादाको लुगा नफेरी सुतेको कुरा गरौ। कहिलेकहिँ केहि नलाई सुतेको कुरा गरौ। दाल भात तरकारी को कुरा गरौ।उनको जूनको र सुनको कुरा गरौ। एकान्तमा एक्लै हासेको कुरा गरौ। मनभित्रै रोएको कुरा गरौ। भन्न मन लागे पनि भन्न नसकेको कुरा गरौ। बोत्तल को कुरा गरौ। विश्वास र विश्वासघातको कुरा गरौ। दर्शन र प्रदर्शनको कुरा गरौ। .........
Read Full Discussion Thread for this article