Posted by: Rahuldai March 27, 2013
Stories submitted during March Story Writer Appreciation period
Login in to Rate this Post:     2       ?         Liked by
  बिष्णु गौतम जी , 
तपाईंको कथा प्रीति फोन्टमा भएकोले नबुझ्ने भाषाका प्रकाशित भएको छ . कृपया प्रीतिलाई युनिकोडमा रुपान्तरण गरी छुट्टै थ्रेडमा राख्नु भए पाठकहरुलाई सजिलो हुन्थ्यो . प्रीतिलाई युनिकोडमा रुमान्तरण गर्न तल दिएको लिंकको माथिल्लो खण्डमा प्रीतिमालेखिएको पेस्तिनुस अनि तल युनिकोडमा आउने छ र त्यसलाई कपेर पेस्तिनुस . उदाहरणको लागि मैले एउटा खण्ड युनिकोडमा रुपातरण गरी राखी दिएको छु . 
 
http://www.satishstha.com.np/st-jml/index.php?option=com_wrapper&view=wrapper&Itemid=68
 
एकादेशको कथा
 
–विष्णु गौतम
 
अध्यक्ष, लक्ष्मी प्रतिष्ठान
 
विश्व मानचित्रको एउटा सानो देश नेपाल, त्यही देशको विकसित मानिने चितवन जिल्लामा कान्दा भन्ने ठाउँ छ । त्यहाँका जनताहरुमध्ये कमैलाई मात्र नेपाल आफ्नो देश हो, त्यहाँ सरकार हुन्छ र त्यो सरकारले नागरिकका हक अधिकार सुनिश्चित गराउँछ भन्ने थाहा छ । चुनाब केका लागि हुन्छ, तिनलाई थाहा छैन तर हरेक पल्ट उनीहरु भोट हाल्न चाँही जान्छन् । केही दिन अगाडि नै उनीहरुलाई आएर भनिन्छ “यति गते फलाना ठाउँमा भोट हाल्न जानुपर्छ । अनि पेटभरि भात खान पाईन्छ ।” उनीहरु निर्धारित मितिमा छिमेकका माडसापहरुलाई अगाडि लगाउँदै भने बमोजिम भोट हालिदिन्छन् किनभने त्यहाँ सबैको टन्न पेट भात खाने ठूलो इच्छा हुने गरेको छ । संभवतः सधैं भरपेट खान पाएकाहरु त्यहाँ कोही हुन्नन् ।
 
मैले यो पंक्ति लेखेको देख्दा सधैं टन्न पेट खानेहरुलाई अचम्मित तुल्याउने छ र एकादेशको कथा बाहेक अरु केही लाग्दैन । तर यो चितवन जिल्लाको कान्दा भन्ने ठाउँका चेपाङ्ग वस्तीको दारुणिक कथा हो । यो भन्दा धेरै पीडादायी कथा तपाईहरु सामु प्रस्तुत गर्दैछु ।
 
कुरा करिब दुई बर्ष अगाडिको हो । मेरा एक जना मित्र एकल सिलवालको कानमा एकै घरका ८ जनाको विषालु च्याउ खाएका कारणले ज्यान गएको खबर प¥यो । खबर सुन्नासाथ एउटा जिम्मेवार पत्रकारको रुपमा उनी घटनास्थलमा पुगे । त्यहाँ पुग्दा उनले थाहा पाए कि त्यो गरिबिले सिर्जना गरेको एउटा भयावह दुर्घटना थियो, राज्यले नदेखेको पीडा थियो । संसारले पत्याउनै नसक्ने एकादेशको कथा थियो । चरौंदी देखी १२ घण्टाको पैदलबाटो कस्सिँदै गएका मित्र सिलवाल जब चेपाङ्ग गाउँ नजिकै पुगे, उनले त्यहाँ देखेको दृष्यले मनमा असामञ्जस्य पैदा भयो ।  
 
घटना यसप्रकारको थियो –
 
एउटा करिब १६÷१७ बर्षको ठिटो कहिले घरको पालीतिर हेर्दै त कहिले बाटोतिर हेर्दै मुस्कुराई रहेको थियो । अचानक मेरा मित्रलाई देखेर ऊ अत्तालियो किनकि ऊ सर्वाङ्ग नाङ्गै थियो । तर फेरि आफुलाई सम्हालेर पालीतिर देखाउँदै भन्यो– ऊ त्यहाँ मेरा लुगा सुकाएको छ । उनलाई बुझ्न गाह्रो भएन कि त्यो विचरा किशोरसँग एक जोर मात्र कपडा रहेछ । कहिले त्यो सुक्ला र लाउँला भन्दै ऊ पालीतिर हेरिरहेको थियो । उसलाई गर्व थियो कि निकै दिन बाटो खन्न गएर पाएको सबै पारिश्रमिक खर्चेर उसले एक जोर सर्ट पाईन्ट किन्न सकेको थियो र त्यसैले ऊ मुस्कुराईरहन्थ्यो । यो दृष्यलाई पछि पार्दै उनी गन्तव्यतिर लम्किरहे तर लोकतान्त्रिक नेपालको यो चित्रले सिलवालजीको मनमा घोच्यो । उनीहरुलाई केही गर्नैपर्ने सोच पैदा भयो ।
 
बस्तिको विचोविच पुगेपछि पानी पर्न थाल्यो, दिन पनि ढल्न लाग्यो । उनले रात कटाउन सुरक्षित बासको व्यवस्था गर्नुथियो तर बास बस्ने बसेरा काँही थिएन । कतै मानिसहरु ओढारमा बार लागेर बसेका देखिन्थे त कतै बारबेर गरेर स्याउलाले छोपेका छाप्रा देखिन्थे भने कतै खरले छाएका बारबिहीन टहरा देखिन्थे । पानीले निथ्रुक्क भिजेका सिलवाल एउटा नाममात्रको घरको छेउमा ओतिन पुगे तर त्यहाँ पनि उनलाई भित्र जान दिईएन । कारण त्यो घरमा कपडा लगाउने व्यक्ति मित्र सिलवाल मात्र थिए । भित्र लहरै बाइस दिनको बच्चादेखी सत्र बर्षका नानीहरु समेत नाङ्गै सुतेका थिए । हुर्केबढेकाले गुप्ताङ्ग छोप्न टालो सम्म लगाएका थिए ।
 
घर मालिक भनौं वा त्यस परिवारकी नेतृत्वकर्ता २२ दिनकी सुत्केरी ढोकामा उभिईन् । दैलोमा उभिएर उनी बाटो भन्दा पनि लाज छेक्दै थिईन् । सिलवालजीको अनुरोध पश्चात् उनले वास दिने निर्णय गरिन् । हुन्छ भने लगत्तै उनका सामु अर्को प्रश्न तेर्सियो – पाहुनालाई राख्ने चाँही कहाँ ? नौ जना जन्मिएकोमा १ जनाको मृत्यु भएपनि ८ बच्चा लहरै सुतेका थिए । सामल खोज्न गएका बाउ अनि २२ दिनकी सुत्केरी उनी बल्लतल्ल अटाउने त्यो झुप्रोमा सिलवालजीका लागि ठाउँ बनाउनु निकै मुश्किल थियो । तर पनि “मर्ता क्या नहि कर्ता” भने झैं सिलवालजी बलेसीको आडमा अडिए ।
 
विहानैदेखी उकालो चढेका उनीे, थकाईले चुर थिए । ढुंगा विछ्याएर भित्तामै अढेस लागे । उनको पेटले सामल माग्यो जुन त्यहाँ थिएन । बरु हिजैको सामलले दिएको शक्तिलाई पनि क्षिण पार्न गोटा दशेक जुकाहरु औंलाका कापैपिच्छे होडवाजी गर्दै उनको रगत दहन गर्न थाले । बाटाभरि र त्यो घरमा समेत देखेको दृष्यले गर्दा उनलाई आफुसँग भएको चाउचाउ झिकेर खाईहाल्न पनि मन लागेन ।
 
केही बेरमा सामलको जोहो गर्न गएका घरभेटी कन्दमुलका जरालहरा बोकेर भित्रिए । भोकले दाम्रिएको भुँडि लिएर सुतेका बच्चाहरु ज¥याकजुरुक उठे । खान पाइने आशाले तिनका अनुहार उज्यालिए मानों उनीहरुले ठूलै युद्ध जितेका छन् । तिनको अनुहारले मेरा मित्रलाई द«वित बनायो । आफ्नो साथमा लगेका चार प्याकेट चाउचाउ उनले तिनैलाई दिए । उनले “लौ यो पनि खाऊ” भनेर भनिदिँदा ती बच्चाको जगत हल्लियो । लाग्दैथियो उनीहरु विश्वका किर्तिमानीहरु थिए ।
 
जेठको महिना थियो त्यो । त्यहाँ टन्न पेट ढिंडो खान भदौको मकै कुर्नुको विकल्प थिएन । जसले भदौदेखी मंसिरसम्म मकैको जोहो गर्न सक्छ, ऊ त्यो ठाउँको साहुजी नै ठहर्छ । जसोतसो ३ महिना मकै खाएर ९ महिना कन्दमुलले बाँच्नु उनीहरुको संस्कार नै बनेको छ । सिलवालजीले चाउचाउ त दिए तर त्यसले घरभेटीको आत्मसम्मानमा चोट प¥यो । आफ्ना बचेराहरुको ख्याल गर्ने शुभचिन्तक पाहुना करेसामा भोकै थिए । उनले केहीबेरमा पाहुनालाई सोधे– सर हजुरले ज्युनार गर्नुभो ? उनले भने – गरें । तर त्यति पवित्र मनको मालिकले बुझिहाल्यो कि उनले खाएका थिएनन् भनेर । फेरि बोल्नु जरुरि ठानेनन् उसले । बरु बसेराबाट तलतिर हिंड्यो ।
 
साढे नौ बजे एउटा पराले ढकियामा १ पाथी जति पिठो बोकेर फर्कियो तर पकाउने के मा ? अर्को समस्या देखियो । उसले निर्धक्क भन्यो – यो आरी (माटोको भाँडो) मा पकाएको ज्यूनार होला है । त्यो निश्वार्थ मायाले मन्त्रमुग्ध भएका सिलवालजीले भने– दाइ ठिक छ, मलाई चल्छ । भोलिपल्ट उनले सय रुपियाँ दिन खोज्दा ती घरभेटीले लिन मानेनन् । भने– पाहुनासँग दाम लिँदा पाप लाग्छ, लिन्न ।
 
त्यसपछिको यात्रामा सिलवालजी लगायत थप २ साथी थिए । ८ जनाको मृत्यु भएको र एउटा सानो बालक अवशेषको रुपमा रहेको घरमा सबै पुगे । स्थानिय शिक्षक बालकृष्ण पनि त्यहाँ पुग्नुभयो र सबैको जिज्ञासालाई समाधान गर्दै उहाँले दारुणिक वृतान्त वताउनुभयो –
 
त्यस दिन बा र आमा भदौको मकै पिस्नुपर्छ भनेर घट्ट मर्मत गरेर घर फर्कदै थिए । घरमा भएका ७ जना छोराछोरी भोकै छन् भन्ने सम्झेर मातापिताको मन द«वित भयो । उनीहरुले जङ्गलमा केही कन्दमुल खोजेर लग्ने निधो गरे र खोज्न पनि थाले । तर केही पनि फेला परेन । केबल एउटा ठूटोमा झपक्क फलेको च्याउ देखियो । बुढा खुशि हुँदै च्याउ टिप्न थाले । बुढीले आत्तिदै भनिन् – त्यो त विषालु च्याउ हो, नटिप । तर बुढाले जिद्धि गरे । भने– आज मैले अर्कै आँट गरेको छु । सर्पको विष त फुकेर झर्छ, यो च्याउको बिष त सजिलै झार्छु । अझै विष नझारी अरुलाई सरेमा उसैलाई फुकेर विष झार्छु । बुढीले जोखिम नलिन बिन्ति गर्दै भनिन्– क्यै गरी विष झरेन भने त मरिन्छ नि ।
 
उनले टेरेनन् । विषालु छ भन्ने जान्दाजान्दै बोकेर घर गए । पकाउँदै गर्दा सामल जोहो गर्न गएको जेठो छोरो आईपुग्यो । उसले पनि बिरोध ग¥यो, खान्न भन्यो । तर बाबुले मानेनन् । १७ महिनाको छोरो बाहेक सबैले आखिरमा त्यो च्याउ खाए । परिणाम केही ढिलो गरी देखिएपनि भोलिपल्ट बिहान १ जना बच्चाको मृत्युबाट गोता शुरु भएछ । पुनः दिउँसो २ जना बुहारी बिते । अस्पताल समयमै पुग्न÷पु¥याउन सकिएको भए कोही बाँच्थे होला कि ? तेश्रो दिनमा बालकृष्ण सरले ऋणपान गरेर बाँचेका जनलाई अस्पताल पु¥याए । तिनजना अस्पतालमै बितेछन् । पर्सिपल्टै घरमा बुढी आमै बितिछन् । अलि कम च्याउ खाएको जेठो छोरालाई बालकृष्ण सरले ऋणमा चुर्लुम्मै डुबेर भए पनि बचाउन सकिएला कि भनी पाटन अस्पतालसम्म पु¥याउँदा पनि केही सीप लागेनछ । जिवित १७ महिने बालक कसैको सहयोगले एसओएसमा पुगेको छ ।
 
यता राजधानीमा देश चलाउनेहरु कुर्सिको खेलमा रुमलिएका छन् र यसरी नै हजारौं ज्यान खाइरहेका छन् । मलाई विश्वास बढेको छ कि यिनीहरुलाई ती गरिबको मत मार्फत् प्राप्त शक्तिको दुरुपयोग गरेकोमा महापातक लाग्नेछ ।  
 
हुन त म सामान्य मानिस हुँ । धेरै के नै गर्न सक्छु र ? तर पनि मैले त सधैं टन्न पेट खान पाएको छु । कर्म गर्ने राजधानीको थलो छ । दुःखी पनि धेरै छु किनकि विलक्षण प्रतिभाका धनी २ जना जवान छोराहरुलाई फरक फरक सडक दुर्घटनामा गुमाई सकेको छु । तर  यो पीडा त्यहाँ हरेक सेकेण्ड मरिमरि बाँचिरहेका ती चेपाङ्गहरुकोे भन्दा कम मान्नुपर्छ । मेरै मझेरिमा नाङ्गै भोकै तड्पिरहेका मेरा सन्तानको दुःख मेरो मुटुमा दुखेको छ । र, आफ्नु वर्कतले भ्याएसम्म तिनको जीवन सहज बनाउन कोशिस गर्ने प्रतिवद्धता मनमा छ ।
 
केही दिन अगाडि मात्र मित्र सिलवालको सल्लाह र साथले एक जना प्राविधिकलाई उनीहरुलाई अल्पकालिन र दिर्घकालिन सहयोग पु¥याउन सकिने उपायका सम्बन्धमा अध्ययन गर्न पठाएको थिएँ । उनले तत्कालका लागि त्यहाँ चिसो ठाउँमा हुने सिमी र दिर्घकालका लागि स्याउ लगाउन सुझाब दिए । आगामी केही हप्तामा नै हामी लक्ष्मी प्रतिष्ठान र मितेरी फाउण्डेसन मिलेर आफ्नै खर्चमा सिमि र स्याउ रोपण कार्य शुरु गर्दैछौं । यसबाट हामी उनीहरुको जीवनमा परिवर्तन ल्याउन चाहन्छौं । उनीहरुलाई “सधैं पेटभरि खान पाएका छौं” भन्न सक्ने क्षमता बनाउन उद्यत छौं ।
 
आशा छ – अब कान्दा एकादेशको कथा भैरहने छैन । बरु केही बर्षमा नै समुन्नत चितवन हुनेछ । त्यही दिन मेरो विक्षिप्त आत्माले पनि सयौं चेपाङ्ग छोराछोरीको आँखामा आफुले गुमाएका कुमार बलरामको विम्ब देख्न पाउने छ । 
Read Full Discussion Thread for this article