Posted by: Bishnu Gautam March 26, 2013
Stories submitted during March Story Writer Appreciation period
Login in to Rate this Post:     1       ?         Liked by

 वेदनाका शूलहरु किरण बनी फैलँदैछन् भाग()

सन् २००८ को डिसेम्बर २७ तारिखको टेलिफोनवार्ता नै मेरो छोरा कुमार वीचको  अन्तिम वार्ता हुन पुग्यो !! हामीविच कुराकानी भएको २० मिनेटपछि सडक दुर्घटनामा उसको निधन हुन पुग्यो ! शनिबारको दिन परेकाले कुमारले एकछिन साथीहरुसँग समय बिताउने निर्णय गरेछ बुबा घर आउन अलिक ढिला हुन्छ हैउसले फोनमा भनेको थियो उसैको बाटो हेरेर बसिरहेका मेरा बाबाआमा, छोरी स्वति, कान्छु कृष्ण सबैजना ढिलो आउने कुरा थाहा पाएर खिन्न हुँदै आफ्नो कोठामा सुत्न गए लक्ष्मी पनि ओछ्यानमा पल्टियौं उनी छोरा आईपुगेन भनेर गुन्गुनाउँदै सुतिन मलाई भने किनकिन सुत्न मनै भएन कान्तिपुर टेलिभिजनबाट प्रशारण भैरहेको कार्यक्रमबहसहेर्न थालें ईन्द« लोहनी मेरा प्रिय प्रस्तोता थिए प्रायजसो उनको कार्यक्रम हेर्न चुक्दैनथें १० बजे कार्यक्रम सकियो तर  कुमार आईपुगेन झल्याँस्स भएँ एकपटक  ओछ्यानबाट उठेर उसको कोठामा हेरें चकमन्न थियो घरका अन्य सदस्यहरु  मस्त निन्द्रामा थिए सवा दश बज्यो, अझै आएन !! मलाई एकदम छटपटी भएर आयोउसको मोबाइलमा कल गरें कुमारको सट्टा एनटिसिकी दिदी बोलिन् – “माफ गर्नुहोला तपाईले सम्पर्क गर्न खोज्नु भएको मोबाईलको स्विच अफ गरिएको मनमा झन् चिसो पस्यो तुरुन्तै उसको  अर्को नम्बर दबाएँ त्यो पनि स्विच अफ नै थियो मेरो मनमा झनै ढयाङग्रो बज्न थाल्यो पुसको चिसोमा पनि निधारमा चिट्चिट् पसिना आएको महशुश भयो टिभीमा एभिन्यूज च्यानल लगाएँ तर  त्यहाँ कुनै नराम्रो ब्रेकिङ्ग न्यूज थिएन तैपनि मन विचलित भयो जीवनमै पहिलोपटक कुनै अनिष्टको आभाष हुँदैथियो कत्ति कोशिश गरें तर मन सम्हालिन मान्दैमानेन दुई दुईटा मोबाईल एकैसाथ कसरी स्विच अफ भयो ? कहिल्यै त्यस्तो ढिलो नगर्ने छोरो एकछिनमा आउँछु भनेर कता भुल्यो ? प्रश्नहरु बाढि झैं मडारिन थाले उकुसमुकुस भएर आयो एकाएक हात टेलिफोनमा पुग्यो ट्राफिकको नम्बर दबाउँदै थिएँ, अचानक ढोकामा ढक ढक सँगै कान्छुको काँपेको आवाज सुनें कान्छा दाई आयो ? ढोका उघारी नभ्याउँदै मैले सोधें बुबा !............. मिडिया भिलेज अगाडी ...........मोटरसाइकल दुर्घटना परेको रे !...........भर्खर पुलिसले फोन ....” बोल्दाबोल्दै उसको आवाज रोकियो अचम्म ! एकछिन अगाडि कामिरहेको मेरो मुटु अचानक कठोर हुन पुग्यो !!! कठोर हुनुको मतलब संवेदनाहीन हुनु होईन रहेछ कुमार छोरोसँग भेट हुदैन कि भन्ने त्रास झन् बढ्न थाल्यो सानोतिनो दुर्घटना भए कुमार आफैले फोन गथ्र्यो होला ! अनि उसको २४ सै घण्टा खुल्ला रहने मोबाईल आज अचानक किन अफ भयो

 मलाई तुरुन्तै निर्णय लिन गाह्रो भयो तैपनि हिम्मत गरेर  कान्छुलाई धैर्य बढाउँदै भनेंबाबु ! आपत परेको बेलामा साहसले काम लिनुपर्छ , आत्तिनु हुँदैन बरु घटनास्थल जाउँ हिंड तिम्रो साथमा छु कान्छुकोे अवस्था पनि अन्दाज लगाइरहेको थिएँ थर्थर् कामीरहेको थियो !! सधैंभरि दाजुको चौडा छातिमा आमाको खोकिलामा जसरी लुक्ने कान्छु कति विवश थियो ! परिस्थिति सम्हाल्न मैले विलम्ब गर्न उचित ठानिन तुरुन्त बाइकमा बस्न पुगें बाइक स्टार्टको आवाजले लक्ष्मी पनि उठिन् आत्तिंदै मेरो छेउमा आइपुगिन् सोधिन् , “बाबु ! छोरो आइपुगेन !!! तपाँई कहाँ जान लाग्नुभएको ? कान्छु पनि किन उठेको ? मैले उनलाई भुलाउन  केही भन्नु नै थियो भनिदिएँ– “लक्ष्मी, छोराको बाइक दुर्घटना भयो रे ! खुट्टा भाँचिएको जस्तो रे ! अस्पताल लग्न जाँदैछु तिमीहरु धैर्य गर मेरो शब्द झर्ने वित्तिकै उनी बिलौना गर्न थालिन्– “ पनि तपाइसगैं जान्छु,...... हे भगवान् ! मेरा बाबा........कुमार...... तिमीलाई कत्ति दुखेको होला !!!” मलाई परिस्थिति सम्हाल्न झन् गाह्रो भयो यता परिवारको रोदन, उता जवान छोराको सडकमा दुर्घटनाग्रस्त अवस्था ..... कति विवशपूर्ण  थियो मेरा लागि  त्यो पल !!!  हुनेहार दैव नटार ! तैपनि हिम्मतले अगाडी बढ्नु बाहेक मसंग कुनै विकल्प थिएन परिस्थितिसँगै आफुलाई पनि संहाल्न खोज्दै मैले चर्को स्वरमा लक्ष्मीलाई भनेंत्यस्तो आत्तिनुपर्ने कुनै कारण छैन जाऊ भित्र गएर सुत सामान्य चोट लागेको होला, अस्पताल पु¥याई उपचार गराएर ल्याउँछु यति भनिरहँदा मेरो मनमा सुनामी आईसकेको थियो अरु बोल्न सक्ने हालत थिएन त्यतिञ्जेल मलाई अत्तालिएका आमा, बाबा, स्वति, सबैले घेरा हालिसकेका थिए आफैंलाई सम्हाल्न मुश्किल भएका बेला अरुलाई सम्झाउने शब्द थिएनन् मसँग  

Last edited: 01-Apr-13 12:47 AM
Read Full Discussion Thread for this article