Posted by: Geology Tiger March 24, 2013
Rekha Thapa Talk about her comment about Neplease in USA
Login in to Rate this Post:     3       ?         Liked by
यो बकम्फुसे कुरामा कति लेख्नु ! कति टाउको दुखाउनु ! अब ब्रेक दिनु पर्‍यो भनेर यसो सोच्यो ....
फेरि साथीहरु यस्ता यस्ता तर्कहरु गर्दै ब्रेक दिनुपर्‍यो भनेर लेखिदिन्छन कि नलेखु भन्दा पनि खस खस लागेर लेख्न मन लागिहाल्छ ....

भने पछी ९ कक्षा पढेकी हिरोनीले हुने नहुने प्रसँग मिल्ने नमिल्ने जे जे कुरा गरे पनि उनी भन्दा अलि बढी पढेलेखेकाहरुले त्यस बिषयमा केही बोल्न नमिल्दो रहेछ ....

यसको निष्कर्ष कस्तो आयो भने रेखा थापाले बोलेको कुराको बारेमा उनकै "लेभल" का बाहेक अरु मान्छेहरुले टिकाटिप्पणी गर्न नपाउने रहेछन् । अनि त्यही "लेभल"को मान्छेहरुको लागि त उनी नम्बर १ हिरोनी, उनले बोलेको सुन्ने र उनले देखाएको हेर्ने बाहेक उनीहरुको अरु धर्मै पो के छ र ! रेखा थापाले म बुद्धै हुँ भने पनि उनीहरुले हो हो भनेर ताली पड्काउदा हुन् ।

ल न कसैले कृपा गरेर मेरो लेवल घटाइदिनुस् अनि म मार गाली गर्छु त्यो रेखा थापालाई ... 
Read Full Discussion Thread for this article