Posted by: Geology Tiger March 19, 2013
रबि लामिछानेलाई मेरो प्रश्न: तपाईंले म्याराथुन टक शो गरेर कसरी विश्वले नेपाल चिन्नेछ ?
Login in to Rate this Post:     0       ?        
कनफ्युस्ज सोल जि म नेपालीहरुको खुट्टा तान्ने कार्यमा संलग्न छु कि नेपाली गायक, नायक, साहित्याकार आदी इत्यादीलाई आफूसँग भए नभएको बल लगाएर माथि ठेल्न प्रयत्नरत छु भन्ने कुरा कुनै दिन मौका पर्‍यो भने थाहा दिउला ..

जहाँसम्म रवि लामिछनेजीले विश्वलाई नेपाल चिनाउने कि न चिनाउने भन्ने कुरा छ म ठोकुवा गरेर भन्न सक्छु कि यदी मैले 'नुह्छे सर' नामक डकुमेन्ट्री मात्र देखाउन सके भने जुन म प्रयास गर्दै छु अथवा EWB का १० जना विदेशी ईन्जिनियरहरुलाई मात्र नेपाल पठाउन सके भने पनि रविजीले भन्दा बढी विश्वलाई नेपालको बारेमा चिनाउने छु ।

फेरि पनि मेरो रविजीसँग कुनै व्यक्तिगत रिसिइबी छैन बरु म उनको आवाजको प्रशंसक नै हुँ तर यो जुन म्याराथुन टक सो गरेर विश्वलाई नेपाल चिनाउने कुरा छ त्यो चाँही हगाइ भन्दा पदाइ ठूलो भने जस्तै भयो है भनेको मात्र हो ।

आशा छ रवि जी मेरो प्रश्नको उत्तर दिन स्व्यम् उपस्थित हुनुहुनेछ 
Read Full Discussion Thread for this article