Posted by: Geology Tiger March 19, 2013
रबि लामिछानेलाई मेरो प्रश्न: तपाईंले म्याराथुन टक शो गरेर कसरी विश्वले नेपाल चिन्नेछ ?
Login in to Rate this Post:     1       ?         Liked by
काइला भाई, मलाई नेपाली मूलका अमेरिकी नेता दर्शन रौनियारको एउटा प्रसँग याद आयो ...

दर्शनजीले के गरेछन् भने अमेरिकामा जहाँ जहाँ नेपालीको बस्ती छ सबैतिर गएर ल मलाई चुनाव लड्न पैसा दिनु पर्‍यो भन्दै माग्दै हिंडेछन् । अनि उनी सियाटलबाट चुनाव लड्न लागेका तर त्यहाको मान्छेलाई चाँही बाल मतलब दिएनछन् र भरे चार जना हो कि पाँच जना लडेकोमा उनी सबभन्दा लास्ट भएछन् ।

मलाई चित्त नबुझेको कुरा भन्न चाँही विश्वले चिन्नेछ नेपाल भन्ने अनि नेपालीहरुकै बिचमा भेला गर्दै हिंड्ने ... यो त उही लहरेले भने जस्तो नेपालीहरुलाई नै नेपाल चिनाउन खोजेको जस्तो भयो भन्न खोज्या मात्र हो
Read Full Discussion Thread for this article