Posted by: Geology Tiger March 19, 2013
रबि लामिछानेलाई मेरो प्रश्न: तपाईंले म्याराथुन टक शो गरेर कसरी विश्वले नेपाल चिन्नेछ ?
Login in to Rate this Post:     3       ?         Liked by
नेपाल हुँदा यहाँले चलाएको रेडियो प्रोग्रामहरु पनि सुन्ने गरेको थिए र मलाई मन पनि पर्थ्यो । अमेरिकामा पनि यहाँले विभिन्न नेपाली सांस्कृतिक कार्यक्रमहरुको संयोजन र उद्घोषण गर्नु भएको पनि राम्रै हो । तर अहिले यो जुन तपाईंले बडो तामझामकासाथ विश्वले चिन्नेछ नेपाल भन्ने नारा दिएर जुन म्याराथुन टक शो गर्न लाग्नु भएको छ, त्यसमा मेरो प्रश्न के छ भने यहाँले टक शो गरेर गिनिज बुकमा नाम लेखाउनु भयो भने केही मान्छेहरुले यहाँलाई चिन्लान् तर नेपाललाई कसरी चिन्छन् भन्या ? 
 
त्यो गिनिजबुकवालाहरु जसले तपाईंको टक शोको अधिकारिकता जाँच्न आउनेछन तिनिहरुलाई पहिल्यै नेपालको बारेमा थाहा होला अब हद्द भयो भने दुई चार वटा पत्रपत्रिका र टेलिभिजनहरुमा तपाईंलाई देखाइदेलान् । तर विश्वमा जसले आजसम्म नेपाल चिनेका थिएनन् तिनिहरुले तपाईंको कार्यक्रम पछी कसरी नेपाल चिन्छन् भन्या ? अनि के यहाँलाई अमेरिकाको विभिन्न राज्यमा नेपालीहरुलाई भेला गराएर विश्वले चिन्नेछ नेपाल भन्दै हिंड्नुले यहाँको नेपाल चिनाउने प्रयासलाई सफल बनाउछ जस्तो लाग्छ ? यसरी नेपालीहरुको भिड जम्मा गर्नु भन्दा बरु विदेशीहरु सामु यो सन्देश पुराउन सकेको भए केही हुन्थ्यो कि ? 
 
जे होस यो एक मिनेटमा अङ्गुर धेरै खाएर, टेबल टेनिसको बललाई हावामा उडाको उडै गरेर, दुई तीन दिन लगातार पढेको पढ्यै गरेर नेपाल चिनाउनेहरुको समूहमा यहाँ पनि उभिनुभएछ, विश्वास त कत्ति पनि छैन त्यही पनि यहाँलाई शुभकामना !     
Read Full Discussion Thread for this article