Posted by: Geology Tiger March 13, 2013
Stories submitted during March Story Writer Appreciation period
Login in to Rate this Post:     0       ?        
मेरो आफ्नै केही विचारहरु:

१) सानदाइले साझामा यसरी कथा प्रतियोगिता गराउनु निश्चय नै प्रशंसनीय छ र यो प्रतियोगिताले स्थापित लेखकहरुलाई प्रोत्साहन गर्नेछ र थुप्रै नयाँ लेखकहरु जन्माउने छ भन्ने कुरा त प्रतियोगिताको लागि पोस्ट गरिएका कथाहरु बाटै प्रस्ट हुन्छ ।

२) साझाका पुराना र आदरणिय राहुलभाइको कथा पनि यो प्रतियोगितामा संलग्न गरिएको कुरा मलाई चाँही त्यति चित्त बुझेन । निसन्देह वहाँको लेखाइ उत्कृष्ट छ र मलाई पूर्ण विश्वास छ उहाँको कथा प्रतियोगितामा रहेसम्म त्यो नै सर्वोत्कृष्ट ठहरिनेछ । तर साझाले गरेको यो कथा प्रतियोगिताले राहुलभाइ जस्तो एउटा स्थापित र कुशल लेखकलाई भन्दा पनि कथाकारिताको क्षेत्रमा बामे सर्दै गरेका अथवा जन्मदै गरेका प्रतिभाहरुलाई प्रोत्साहित गर्न सके धेरै राम्रो हुने थियो । राहुलभाइलाई त साझाले एउटा भन्छन् नि त्यो लाइफ टाइम अचिभमेन्ट अवार्ड नै दिए हुन्छ ।

३) कथाहरुको मूल्यांकन गर्दा लाइक, भ्यू र कमेन्ट्सको आधारमा गरिने भनिएको छ । शायद फेसबुकबाट आएको कमेन्ट्स, लाइकहरु त निष्पक्ष नै होला तर किन किन मलाई साझाकै पेजबाट आउने लाइक, भ्यू र कमेन्ट्स चाँही कथा लेखकको साझाको अन्य प्रयोगकर्ताहरुसँगको सम्बन्धले प्रभावित हुन्छ जस्तो लागिरहेको छ । जस्तो कि चौतारी र च्याटबक्स प्रयोगकर्ताहरुले कथा लेखे भने अरु साझा प्रयोगकर्ता भन्दा बढी कमेन्ट, भ्यू र लाइक पाउने संभावना रहन्छ । त्यसमाथि एउटै व्यक्तिले धेरै साझा आइडी बनाएर लाइक गर्ने, कमेन्ट गर्ने खतरा त छ्दै छ । त्यसैले कथाहरुको मूल्यांकन गर्दा यी सबैको साथै कथाको बारेमा राम्रो ज्ञान भएको कुनै एउटा निष्पक्ष व्यक्तिलाई जज बनाएर उनको मूल्याकंन पनि समावेश गर्न सक्यो भने राम्रो हुन्थ्यो कि ? जस्तो कि यदी राहुलभाइको कथा प्रतियोगितामा समावेश नगर्ने अवस्था रह्यो भने नेपाली कथाहरुको मूल्यांकन गर्न राहुलभाइ अत्यन्तै सक्षम व्यक्ति हुनुहुन्छ ।

फेरि पनि मेरो आफ्नो विचारहरु .... 

Read Full Discussion Thread for this article