Posted by: Geology Tiger March 5, 2013
Actress Rekha Thapa talks about her opinion about America
Login in to Rate this Post:     4       ?         Liked by
गरीब हुनु, गाउँमा जन्मनु, केही कुराको बिषयमा नजान्नु कुनै अपराध होइन
कुनै पाप होइन

तर नजानेर पनि जाने झै गर्नु र अरुलाई अर्ती उपदेश दिनु र अझ आफूलाई जानिफकार देखाउन खोज्नु चाँही पक्का पनि दुनियाँ हसाइको काम हो

कुनै शब्दलाई वाक्यमा प्रयोग गर्दा मोटामोटी चार किसिमबाट सकिन्छ,

पहिलो त प्रयोगकर्तालाई शब्दको बारेमा केही थाहा नै हुँदैन त्यसैले उसले त्यस्तै अर्थ दिने अर्को शब्द प्रयोग गर्छ; दोस्रो प्रयोगकर्तालाई शब्दको बारेमा राम्रो थाहा हुन्छ र उसले राम्ररी बुझेर त्यो शब्द प्रयोग गर्छ; तेस्रो प्रयोगकर्ताले शब्दलाई गलत अर्थमा बुझेको हुन्छ र उसले त्यही अर्थमा प्रयोग गर्छ; चौथो प्रयोगकर्ताले केही पनि बुझेको हुँदैन, तर उसले आफुलाई बुझक्कड देखाउन त्यो शब्द प्रयोग गर्छ;

रेखा थापा चाँही चौथो किसिमको प्रयोगकर्ता हुन्
रेखा थापा माथि सहानूभुति गर्नुहुने साथीहरुले उनको अरु अन्तर्वाताहरु हेर्नु भएको छ कि छैन मलाई थाहा छैन तर उनमाथि कठोर टिप्पणी गर्दा मलाई ग्लानीको कत्ति पनि अनूभुति छैन ...

रेखा थापाले बुद्ध्त्वको बर्णन गर्नु र साझामा ktmboy / bostonboy ले रयाप गाएर अरुलाई रयापको बारेमा सिकाउनु खोज्नु शायद उस्तै उस्तै होला; अझ रेखा थापा माथि होलिन्

मलाई त यस्तो नपच्ने कुरा गरेको देख्यो भने कि त कन्पारो रनक्क तात्छ कि त मरिमरी हाँस उठ्छ ...

रिस र हाँसो दुवैलाई बशमा गर्न सक्ने भए त मलाई पनि बुद्धत्व प्राप्त भइहाल्थ्यो नि ... किन रेखा थापाको अन्तर्वाता हेरेर बस्न पर्थ्यो ...  
Read Full Discussion Thread for this article