Posted by: crazy_love March 1, 2013
एक रुपैयाँको लाल मोहन !!!!
Login in to Rate this Post:     0       ?        


ठुल्दाइको कथा पढेर सबै भन्दा पहिले त लालमोहन खान मन लाग्यो, हिजो मित्ररास्ट्रको पसल त गएको, तर समोसा देख्नासाथै लालमोहन बिर्से। मलाइ नि सानोबेला एक रुपियाको सार्है खाँचो पर्थ्यो र दिदीको ब्यागतिर सर्च गर्थे, एउटा डबल भेट्टाइहाल्थे, तर दिदीले कहिले थाहा पाउनु भएन। किन भने म भन्दा दरो सर्च मेरो भाइले गर्दो रैछ। हे हे! शंका त त्यसैमा जाने भयो।

दाइको जीबन संघर्षमा धेरै सकारात्मक उर्जा पाउछु, त्यस्तो चुनौतिपूर्ण समयमा पनि संयम र स्थिरता कायम राख्न सक्नु नै जीबनको सार्थकता हो जस्तो लाग्छ मलाइ।

 

Read Full Discussion Thread for this article