Posted by: Rahuldai February 27, 2013
एक रुपैयाँको लाल मोहन !!!!
Login in to Rate this Post:     0       ?        
 Anne, 
मन पराइदिएकोमा धन्यबाद . २-४ ओटा कठिन अंग्रेजी शब्दावलीको अर्थ सिक्न पाएकोमा एक और धन्यबाद !!!

कर्णाली ब्लुज, 
यो कथा को अन्त्य यहीं हो . लाल मोहन  र रसभरी ..... मन भरि खाइयो . सम्झिदा एउटा आँखामा आँशु छछल्किन्छ भने अर्को आँखामा मुस्कान . मन पराइ दिएकोमा धन्यबाद .

बाघ दाई, 
यताको कुखुरा बाजे उता को अण्डा बाजे मिट लाइ दिउँ कि क्या हो . तर दुवै बाजे झक्कास छन् . जीवन्त मित्र पाएकोमा गर्ब छ . टिप्पणीको लागि धन्यबाद .

नियो , 
३ पल्ट लाइक हान्दिनु भएकोमा ३ पल्टइ धन्यबाद टक्र्याउँछु.  ३ पल्ट नै स्विकार गर्नु होला . 

लहरे, 
पिरो अचारमा नून पुगेको हो कि हैन नि ?? पीरो मात्र भएर नून पुगेन भन्ने सून खाए नि चुन जस्तो हुन्छ रे नि त . मार्मिक टिप्पणीको लागि हार्दिक धन्यबाद . 

एटोमिक, 
धौ बजी  को संकृति हराउने क्रम मा छ , अचेल हाम्रो टोल तिर मोडिफाइड धौ बजी दिने लिने चलन नि घात पुगिसक्यो . धौ बजी एउटा सामाजिक संजाल नै थियो भन्नु मा अतिसयुक्ति न होला नै . धन्यबाद . 

जन्तरे, 
पहिलेइ लाल मोहन खाएको कुरा थाहा पाएको भए कथामा जन्तरे बाजे जनै हल्लौदै प्रवेश गरेको दृश्य नि सानदार संग राख्न पाइन्थ्यो नि , भन्नु पर्दैन ?? 
धन्यबाद मित्र, मेरो लेखाइमा प्रबेशिनु भएकोमा . 

gone12,
तपाईं को नि धौ बजी को अनुभव छ हैन त ... त्यो धौ बजी को मज्जा नै बेग्लै .... टिप्पणीको लागि धन्याबाद . 

साथै सम्पूर्ण मित्रहरु ( लाइक गर्नु हुने  र पढ्नु हुने  )मा आभार . यहाँहरुको प्रेमले केही लेख्ने हौसला दिएको छ नै . लेख्ने कोशिश जारी रहन्छ नै . 




Read Full Discussion Thread for this article